नेपालगञ्ज विमानस्थलको धावनमार्ग कालोपत्रे गर्न शुरु

बुधबार, १७ माघ २०७४, १२ : ०९ नागरिक

नेपालगञ्ज – नेपालगञ्ज विमानस्थलको धावनमार्ग कालोपत्रे गर्न शुरु गरिएको छ । कालोपत्रे शुरु गर्न थालिएपछि विमानस्थलबाट साँझपख हुने सबै उडान ३५ दिनका लागि बन्द हुने भएका छन्। 

धावनमार्ग कालोपत्र गर्न दिउँसो ३ बजेदेखि बिहान ६ बजेसम्म उडान र अवतरण दुवै रोकेर काम शुरु गरिएको नागरिक उड्डयन प्राधिकरण कार्यालय नेपालगञ्जका प्रमुख प्रतापबाबु तिवारीले बताए। 

उनका अनुसार विमानस्थलको धावनमार्ग, जहाज पार्किङस्थल, ट्याक्सी वेलगायत स्थानमा एक तह थपेर कालोपत्रे गर्न लागिएको हो । धावनमार्ग मर्मत गर्नुपर्ने भएकाले सन्ध्याकालीन विमान सेवा बन्द गर्न शुरु गरिएको छ। 

धावनमार्ग कालोपत्रे गरिने भएपछि बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म मात्र विमानस्थल खुला रहनेछ । झण्डै १२ पछि विमानस्थलमा कालोपत्रे गर्न लागिएको हो । नियमानुसार पाँच र छ वर्षको अवधिमा धावनमार्ग कालोपत्रे गर्नुपर्ने छ। 

बाक्लो हुस्सुका कारण बिहानका उडान नियमित नभइरहेका बेला सन्ध्याकालीन सेवा रोकिएपछि हवाई यात्रुलाई मर्का परेको छ । यात्रुको समस्यालाई मध्यनजर गरी अहिले धावनमार्गबाहेकका स्थानमा काम शुरु गरिएको बताउँदै प्रमुख तिवारीले दिउँसोको समयले अलि फराकिलो बनाई दिउँसोसम्म दुईवटै उडान गराइने बताए। 

नेपालगञ्जको राझा विमानस्थलबाट काठमाडौँ र कर्णालीका पहाडी जिल्लामा दैनिक डेढ दर्जन उडान हुन्छन् । सामान्य अवस्थामा विमानस्थल चौबीसँै घण्टा खुला रहन्छ।   (रासस)








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad