coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

थ्री स्टार र उत्तर बरिन्धराबीच प्रतिस्पर्धा हुदै

पोखरा – पोखरामा जारी १६ औं संस्करणको आहा रारा गोल्डकपको पहिलो सेमिफाइनल खेलमा बुधबार (आज) थ्री स्टार क्लब र बंगलादेशको उत्तर बरिन्धराबीच प्रतिस्पर्धा हुदैछ । खेल पोखरा रंगशालामा दिउँसो २ः३० बजे सुरु हुनेछ। 

सशस्त्र प्रहरी बलको एपिएफलाई टाइब्रेकरमा ५–३ ले पराजित थ्री स्टार र सुदूरपश्चिम–११ लाई २–१ ले स्तब्ध पार्दै  उत्तर बरिन्धराले सेमिफाइनलको यात्रा तय गरेका हुन। 

गएको शनिबार सुनसरीमा सम्पन्न इटहरी गोल्डकपको उपाधि उचालेको थ्री स्टार आज उच्च मनोबलका साथ मैदानमा उत्रदैछ । यता पहिलो खेलमा सफलता हात पारेको उत्तर बन्धिरा पनि आजको खेद जित्दै फाइनलमा स्थान बनाउन मैदान प्रवेश गर्नेछ । थ्री स्टारलाई पराजित गर्न उत्तर बन्धिरालाई सहज भने छैन । किनकी थ्री स्टारमा नेपाली राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण सदस्य रहेकाले केहि मजबुत देखिएको छ। 

यसअघि मंगलबार भएको खेलमा उपाधिकै मुख्य दाबेदार मानिएको टिम लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबलाई पाखा लगाउँदै विभागीय टिम नेपाल पुलिस क्लबले सेमिफाइनलमा स्थान पक्का गरेको छ । युवा खेलाडीको बाहुल्य रहेको पुलिसले मंगलबार पोखरा रंगशालामा मनाङ मस्र्याङदीलाई ३–१ गोल अन्तरले पराजित गरेको हो। 

पोखरा रंगशालामा माघ २० गतेसम्म संचालन हुने प्रतियोगितामा २ विदेशीसहित १२ टोलीको सहभागिता रहेको छ।

मनाङ मस्र्याङदी, त्रिभुवन आर्मी, सशस्त्र प्रहरीको एपिएफ, नेपाल पुलिस क्लव, संकटा, धरान फुटबल क्लब, सूदुरपश्चिम–११ स्पोर्टिङ क्लब, थ्रीस्टार क्लव, झापा–११, भारतको युनाइटेड सिक्किम फुटबल क्लब र बंगलादेशको उत्तर बरिन्धरा क्लबसहित आयोजक सहारा क्लबले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्।

आहा रारा गोल्ड कप प्रतियोगिताका विजेताले ७ लाख र उपविजेताले ३ लाख ५१ हजार प्राप्त गर्ने छन्। हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा दर्शक आकर्षित गर्न प्रवेश टिकटमा भाग्यशाली दर्शकलाई हिरो ड्यास स्कुटर दिइने आयोजकले जनाएको छ।

प्रकाशित: १७ माघ २०७४ ०४:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App