coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

न्यु डायमण्डको दोहोरो जित

काठमाडौं – शिवम् न्यु डायमण्ड एकेडेमी जारी १३औं रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल प्रतियोगिताको दोस्रो चरणमा दोहोरो जित निकालेको छ । मंगलबारबाट दोस्रो चरणको लिगमा न्यु डायमण्डले विभागीय नेपाल पुलिस क्लब र चितवनको मेघौली क्लबलाई पराजित गर्दै दोहोरो जित निकालेको हो।
 
नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा मंगलबार भएको खेलमा न्यु डायमण्डले पुलिसलाई २५–१८, १९–२५, २५–२२ र २५–१२ को सेटमा पराजित गर्न सफल भएको हो । त्यस्तै, दोस्रो खेलमा मेघौली क्लबमाथि न्यु डायमण्डले शानदार जित हात पा¥यो । न्यु डायमण्डले मेघौलीलाई २५–७, २५–९ र २५–९ को सोझो सेटमा पराजित गरेको हो।
 
मंगलबार नै भएको अर्को खेलमा विभागीय टिम एपीएफ क्लबले मेघौली क्लबलाई नै पराजित गरेको छ । एपएिफले मेघौलीलाई २५–८, २५–१८ र २५–३ को सोझो सेटमा पराजित गरेको हो । यता अर्को खेलमा विभागीय टिम नेपाल आर्मीले श्रीगाँउलाई सोझो सेटमा पराजित गरेको छ । आर्मीले श्रीगाँउलाई २५–१९, २५–११ र २५–९ को सेटमा पराजित गरेको हो । मंगलबार नै भएको खेलमा टप्स उच्च माविले आर्मीलाई २५–१५, २५–१५ र २५–१९ को सोझो सेटमा पराजित गर्न सफल भयो।

प्रतियोगिताको दोश्रो चरणको खेल प्ररम्भ हुदा शिवम् न्युडायमण्डले १३ खेलबाट ३७ अंक जोडेको छ । अपराजित रहेको एपीएफले ११ खेलबाट ३२ अंक जोड्न सफल भएको छ । तेश्रो स्थानका रहेका  नेपाल पुलिस क्लब र पश्चिमाञ्चल टप्सउमाबीले १२ खेलबाट समान २७ अंक जोडेका छन्।
 

 

प्रकाशित: १७ माघ २०७४ ०४:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App