coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

आरसिए प्युठान र शान्तिनगर विजयी

काठमाडौं - आरसिए प्युठान च्यालेन्जर्स र शान्तिनगर युथ क्लबले खुकुरी च्यालेन्ज कप ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा मंगलबार जित हासिल गरेका छन् ।

मूलपानी क्रिकेट मैदानमा मंगलबार प्युठानले मलपोखरी क्रिकेट क्लबलाई १ सय १७ रनको फराकिलो अन्तरमा हरायो भने शान्तिनगरले केसिटिसीमाथि ६ रनको जित हात पर्यो ।टस हारेर ब्याटिङलाई निम्त्याइएको प्युठानका लागि म्यान अफ दी म्याच राजवीर सिंहले अविजित ९३ रन बनाएपछि टोलीले २ विकेटको नोक्सानीमा १ सय ९३ रन बनाएको थियो । जबाफमा राजवीरले ४ तथा यज्ञमान कुमालले ३ विकेट लिएपछि मलपोखरी १६.४ ओभरमा ७६ रन बनाउँदा अलआउट भयो ।  

अर्को खेलमा शान्तिनगरले टस जितेर ब्याटिङ रोजेपछि अमित श्रेष्ठको अर्धशतक प्रेरणामा पूरा २० ओभर खेल्दै ६ विकेट गुमाई १ सय ५९ रन बनाएको थियो । टोलीका लागि अमितले ५१ रन बनाए भने कुशल भुर्तेलले २५ रनको योगदान गरे ।
जबाफमा आएको केसिटिसी पूरा २० ओभरमा १५३–६ मा सीमित भयो । केसिटिसीका लागि विवेक राना मगरले सर्वाधिक ४१ रन बनाएका थिए भने एडिल खानले ३९ तथा सञ्जय बस्नेतले अविजित २५ रन बनाए पनि त्यो जितलाई पर्याप्त भएन ।
 

प्रकाशित: १७ माघ २०७४ ०४:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App