coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

नेपाललाई दोस्रो पदक

काठमाडौं – ताजकिस्तानकी खोलोभा इडिमोखमाथि ५–० को एकतर्फी जित निकाल्दै नेपाली खेलाडी पुनम रावलले भारतको नयाँ दिल्लीमा जारी इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा कम्तीमा कांस्य पदक जित्ने पक्का गरेकी छिन्।

नयाँ दिल्लीको त्यागराज स्पोटर्स कम्प्लेक्समा मंगलबार पाएको यो जितपछि पुनमले अब ६४ केजी तौलसमूह (लाइट वेल्टर वेइट) को सेमिफाइनलमा भारतीय खेलाडीसँग प्रतिस्पर्धा गर्नेछिन् । सेमिफाइनलमा जित हासिल गरे उनी कम्तीमा रजत पदकको हकदार बन्नेछिन् । पराजित भए पनि उनको कांस्य पदक भने पक्का भइसकेको छ।

पुनमले जितेको यो पहिलो अन्तर्राष्ट्रिय पदक हो । प्रतियोगितामा भने नेपालको यो दोस्रो पदक हो । यसअघि विमला श्रेष्ठले नेपाललाई कम्तीमा कांस्य पदक जिताउने पक्का गरिसकेकी थिइन्।

महिलातर्फ मंगलबारै भएको ७५ केजी तौलसमूहको प्रतिस्पर्धामा भारतीय खेलाडी स्विटी बुरासँग ५–० ले पराजित भएपछि सरस्वती राना मगरको पदक जित्ने आशा भने समाप्त भएको छ।

 

प्रकाशित: १७ माघ २०७४ ०३:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App