coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कल वाइपासमा संलग्न गिराेहका दुर्इ पक्राउ

कोहलपुर– कोहलपुर क्षेत्रमा विदेशी गिरोहको सक्रियमा मोबाइल नेटवर्क कलको वाइपास गर्ने गिरोहमा संलग्न रहेकाे अाराेपमा दुर्इ जनालार्इ पक्राउ छ। महिनादेखि भारतीय नागरिकको लगानी र सहयोगमा अवैध कल वाइपास गरेकाे भन्दै कोहलपुर–१० रामनगरमा न्यु पशुपति ग्रिल उद्योग सञ्चालन गर्ने ३० वर्षीय दलबहादुर विकलार्इ पक्राउ गरेकाे हाे। 

‘मोतीराम थापाको घरको भुईंतलाको कोठामा भाडा लिई बस्दै आएका विकले  कल वाइपास गर्ने संयन्त्र जडान गरी अवैध धन्दा चलाएको भेटियो,’ कोहलपुर प्रहरीका डिएसपी सुरेशप्रसाद काफ्लेले भने, ‘भारतीय लगानीमा विक कोहलपुरमा तीन महिनादेखि कल वाइपासमा संग्लन रहेको भेटियो।,’

उक्त कार्यामा घरधनीको समेत संग्लनता रहेको भन्दै प्रहरीले घरधनी थापालाई पनि पक्राउ गरेको छ। प्रहरीको अनुसन्धानका क्रममा विकले भारत गुजरातका धवलको सहयोग र लगानीमा अवैध धन्दा गरेको भेटिएको जनाएको छ। प्रहरीले उनको साथबाट केवल, जडान मेसिन, राउटरको चार्जर, एन्टिनातारलगायत सामग्री बरामद गरेको जनाएको छ।

भारत र कतारमा काम गर्दै आएका कोहलपुरका महेन्द्र सुनार र कलबहादुर विकको सहयोगमा दलबहादुरले कल वाइपास धन्दा चलाएको भेटिएको डिएसपी काफ्लेले जानकारी दिए। उनले कलवाइपास गरेवापतको रकम भने दुवईबाट पाउने गरेको भेटिएको छ।

मोबाइल कलवाइपास गर्ने उपकरणसहित पक्राउ परेका विक।

 

प्रकाशित: २९ श्रावण २०७३ १०:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App