coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

चार लाखले अवलोकन गरे ‘क्यान इन्फोटेक’

काठमाडौं – कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघको आयोजनामा सञ्चालित २४औं संस्करणको ‘सुबिसु क्यान इन्फोटेक २०१८ इन एशोसिएशन विथ मोटोरोला’ मंगलबार सम्पन्न भएको छ। ६ दिनसम्म चलेको नेपालकै सबैभन्दा ठूलो प्रदर्शनी मेलाको गत माघ ११ गते सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले उदघाटन गरेका थिए।

प्रदर्शनीको अन्तिम दिन मंगलबार पनि अवलोकनकर्ताको उल्लेख्य सहभागिता रह्यो। मंगलबार मात्रै ९४ हजार ३ सय २६ जनाले इन्फोटेकको अवलोकन गरेका छन्। यस वर्ष कुल ३ लाख ७६ हजार २४३ जनाले इन्फोटेकको अवलोकन गरेका छन्। मेलाको अन्तिम दिन र सार्वजनिक बिदासमेत भएकाले अवलोकनकर्ताको घुइँचो लाग्यो।

अन्तिम दिन रक्षामन्त्री भीमसेनदास प्रधान, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष भवानी राणा, नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, कलाकार मदनकृष्ण श्रेष्ठले इन्फोटेकको अवलोकन गरेका थिए। आयोजकले मेलाका माध्यमबाट नेपालीमा सूचना प्रविधिको पहुँच विस्तार र नीति निर्माणमा योगदान पुग्ने जनाएको छ।

प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आइसीटी कलेज तथा ट्रेनिङ्ग इन्स्टिच्युटस्, सफ्टवेयर सोलुसन्स्, पेमेन्ट सोलुसन्स्लगायत गरी १५० भन्दा बढी कम्पनीका २ सय २२ स्टल रहेका थिए।

प्रकाशित: १६ माघ २०७४ १५:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App