७ वैशाख २०८१ शुक्रबार
समाज

भोजराज घिमिरेको श्रद्धाञ्जली सभा

काठमाडौं– पूर्व गृहमन्त्री तथा महोत्तरी परिवारका संस्थापक सल्लाहकार भोजराज घिमिरेको निधन भएको १३औं दिनको पूण्य तिथिका दिन शनिबार महोत्तरी परिवारले श्रद्धाञ्जली सभाको आयोजना गरेको छ।

श्रद्धाञ्जली सभामा पूर्व प्रधानन्यायाधीश तथा मानव अधिकार आयोगका पूर्व अध्यक्ष केदारनाथ उपाध्यायले भोजराज घिमिरेमा प्रजातान्त्रिक संस्कार रहेको उल्लेख गर्दै गृहमन्त्री हुँदा उनले जनताको हितका लागि काम गरेको बताए।

अर्का पूर्व प्रधानन्यायाधीश केदार गिरीले भोजराज घिमिरेले उच्च पद धारण गरेपनि आफ्नो जीवनमा कुनै दाग लाग्न नदिएको प्रसंग उल्लेख गरे। अर्का पूर्व प्रधानन्यायाधीश रामकुमारप्रसाद साहले घिमिरेको सरल स्वभाव र स्वच्छ छविले आफूलाई अभिप्रेरित गरेको बताए ।

श्रद्धाञ्जली सभामा रामसपा अध्यक्ष शरद सिंह भण्डारी, काँग्रेस सांसद सिताराम भण्डारी, प्रा.डा. वीरेन्द्र प्रसाद मिश्र, प्रा. महेन्द्र नारायण मिश्र, राजनीतिक विश्लेषक सीके लाल, नेका केन्द्रीय सदस्य श्याम घिमिरे, नेफ्सक्युनका अध्यक्ष ऋषिराज घिमिरे, कृष्णविक्रम थापा, नारायण घिमिरे, डा. विजयकुमार रौनीयारलगायतले भोजराज घिमिरेका विषयमा बोलेका थिए । श्रद्धाञ्जली सभामा स्वर्गीय घिमिरे प्रति समवेदना प्रकट गर्दै एक मिनेट मौन धारण गरिएको थियो ।

 

प्रकाशित: २९ श्रावण २०७३ ०९:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App