राष्ट्रपतीय निर्वाचनमा ट्रम्पलाई सघाउने रुसीको सूची सार्वजनिक

मङ्गलबार, १६ माघ २०७४, १९ : ४९ एजेन्सी

वासिङ्टन – गतवर्ष भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा प्रभाव पारेको भनिएका केही राजनीतिकर्मी र व्यापारीको सूची अमेरिकाले सार्वजनिक गरेको छ।

ती व्यक्तिमाथि नाकाबन्दी लगाइने बताइएको छ। त्यस सूचीमा संलग्न व्यक्तिलाई अमेरिकाले ‘पुटिन सूची’ भनेर नाम पनि दिएको छ। तर त्यो कस्तो नाकाबन्दी हो भन्ने बारेमा भने केही बताइएको छैन।

अमेरिकी आर्थिक विभागले सो सूची सार्वजनिक गरेको बताइएको छ। त्यस सूचीमा ११४ जना राजनीतिक नेता र ९६ जना व्यापारी रहेका छन्।

तीमध्ये सबैजसो रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सहयोगी समूहका सदस्यहरु हुन्। अमेरिकी राष्ट्रपतिको निर्वाचनमा ती व्यक्तिहरुले वर्तमान राष्ट्रपतिका पक्षमा प्रभाव पार्ने काम गरेका बताइएको थियो।

ती व्यापारीहरुको व्यापार र व्यक्तिमाथि पनि आर्थिक प्रतिबन्धहरु लगाउन सकिने भन्दै सो सूची प्रकाशन गरिएको समाचारमा जनाइएको छ।

अमेरिकामा सम्पन्न सो निर्वाचनमा रुसको घुसपैठ रहेको समाचारले अमेरिकामा निकै ठूलो चर्चा पाइरहेको छ। रुसले त्यस समयका अर्का प्रत्यासी हिलारी क्लिन्टनलाई हराउन चलखेल गरेको बताउँदै आइएको छ।

तर यस आरोपको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने खण्डन गर्दै आएका छन्। उनले आफ्नो जितका लागि रुसको प्रभाव थियो भन्ने कुरामा कुनै सत्यता नभएको बताएका छन्।

सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको भन्ने आरोपहरुबारेमा छानबिन गरिरहेका अमेरिकी एफबिआइका उपनिर्देशकको राजीनामा आएकै दिन यता अमेरिकाले यो सूची पनि सार्वजनिक गरेको छ।

उक्त निर्वाचनमा रुसले हस्तक्षेप गरेको भनी आउने समाचारहरुको राष्ट्रपति ट्रम्पले सधैँ खण्डन गर्ने गरेका छन्। उनीमाथि यस विषयमा थप सोधपुछ गरिने बताइएको थियो।








यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस मनि ट्रान्सफर र एन् एस् क्यास पोइन्ट/लु लु एक्सचेन्ज मलेशियाको संयुक्त पहलमा स्क्त्र्याच एण्ड विन प्रमोसन अगस्ट १०,२०१९...

पल्सर एनएस २०० अब एबीएसमा

पल्सर एनएस २०० अब एबीएसमा

हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि., नेपालका लागि दुई पाङग्रे बजाज मोटरसाइकलहरुको एक मात्र अधिकृत वितरकले नयाँ पल्सर एनएस २०० मा...

तयारी पोसाकको सो रुम खुल्यो

तयारी पोसाकको सो रुम खुल्यो

पूर्वकै केन्द्र मानिएको इटहरीमा तयारी पोसाकका सामग्री खरिद गर्ने सो रुम खुलेको छ। ...

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले नर्भिक इन्टरनेसनल अस्पताल र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गरेको छ । ...

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

मुद्दा हारेको खण्डमा फेसबुकले अहिलेसम्म कै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नु पर्ने हुन्छ ! ...

उद्यम चलाउन महिलालाई अवसर

उद्यम चलाउन महिलालाई अवसर

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थपमाया थापा मगरले महिलालाई उद्यमशीलतासँग जोड्न आवश्यक रहेको बताएकी छन् । ...

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

Ncell Footer Ad