coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सहयोग माग्दै ‘जिउँदा सहिद’

२०४६ सालको जनआन्दोलनका घाइते तारा खड्का। तस्बिर: गणेश बिक

रुकुम- ‘म संग घाइते शरिर बाहेक अरु छैन। भएको सम्पत्ती उपचारमा सकियो। साँझ बिहान छाक टार्न समस्या छ। म आफ्नो उपचार भन्दा पनि जीविकोपार्जनका लागि व्यापार गर्न चाहान्छु।‘ यस्तो दर्दानाक अवस्था हो २०४६ सालको जनआन्दोलनका जिउँदा सहिद मुसीकोट नगरपालिका–५, सोलावाङका ताराप्रसाद खड्काको।

आर्थिक समस्याका कारण उनी बिचल्ली छन्। २०४६ सालको जनआन्दोलनमा प्रहरीले चलाएको गोली र कुटाईबाट गम्भिर अपाङ्ग बनेका खड्का जिल्ला–जिल्ला डुल्दै सहयोग माग्दै गुजारा गरिरहेका छन्। पञ्चायती व्यवस्थाविरुद्ध लामो समय आन्दोलनमा सहभागी भएका उनी सरकारले आफ्नो परिवर्तनप्रतिको योगदानलाई बेवास्ता गरेको आरोप लगाए।

‘साँझ बिहानको छाक टार्न र उपचारका लागि विभिन्न व्यक्ति तथा संस्थासंग सहयोग माग्दै गुजारा चलाइ रहेको छु’ जनआन्दोलनका घाइते खड्काले भने ‘मेरो सम्पत्ती केहि छैन।’ ‘खान लगाउन र बस्नमै कठिन छ, कसरी उपचार गरु’ उनले भने। देशको परिवर्तनका लागि आँफुले यत्रो दुःख भोगेपनि सरकारले बेवास्ता गरेपछि पीडामा बाँचिरहेको उनी बताउँछन्। जनआन्दोलनमा चैत्र २४ गते राजा महेन्द्रको सालिक भत्काउने क्रममा उनले प्रहरीको गोलीबाट दाँया खुट्टा पुरै गुमाएका थिए। पछि प्रहरीले पक्राउ गरी हनुमानढोकामा बन्धक बनाई उनको जिव्रो काटेको थियो भने दायाँ हातको पाखुरा चिरेर नुन खुर्सानी समेत हालिदिएको उनी बताउँछन्। ‘मैले परिवर्तनको आन्दोलनमा संघर्ष गर्ने क्रममा पाएको दुःखप्रति सरकार मौन छ,’ खड्काले रुदै दुखेसो पोखे, ‘पुरै अपाङ्ग शरिर बोकेर माग्दै गुजारा गरिरहेको छु।’ अब सहयोग पाए माग्दैन् खड्काले भने, ‘उक्त सहयोगले म व्यापार गर्छु।’ अरुको आशमा भन्दा आफै केहि गर्न चाहेको खड्काले बताए।

उनले रत्नराज्य क्याम्पसबाट स्नातक तह समेत उतिर्ण गरका छन्। जागिरको लागि विभिन्न सरकारी तथा गैरसरकारी निकायमा पुगेपनि जागिर पाएनन्। अहिले उनी सरकारी सहयोग पाए व्यापार गर्ने सोच बनाएका छन् । ‘मलाई खान लगाउन र बस्न समस्या भयो’ खड्काले भने, ‘म व्यापार गर्न चाहान्छु।’ ‘कसैले सहयोग गरिदिनु पर्‍यो’ उनले भने। पञ्चायती व्यवस्थाबिरुद्ध संघर्ष गरेका उनले प्रहरी यातनाका कारण चार बर्षसम्म अर्धबेहोस अवस्थामा जीवन गुजारेको बताए। उनले अमेरिकाको पाइलो अस्पतालमा एक करोड ३० लाख रुपैँया खर्च गरेर प्लाष्टिकको कृतिम खुट्टा राखेका छन् भने जिव्रोपनि कृतिम नै राखेका छन्। गिरिजाप्रसाद कोईराला सरकारले दिएको ५० लाखले नपुगेपछि अमेरिकामा बस्ने नेपालीहरुसंग सापटी मागेर अस्पतालको खर्च तिरेका थिए। उनले उपचारमा लागेको खर्च तिर्न काठमाडौंमा रहेको तीन तले घर र १२ रोपनी जग्गा समेत बेचिसकेका छन्। करिब एक करोड रकम आफ्नो उपचारमा खर्च भएको उनले बताए। त्यति धेरै रकम खर्च गर्दा समेत उनको उपचार सफल हुन सकेको छैन। २०६२/०६३ को जनआन्दोलनमा पुनः उनको देब्रे हात भाचिएको थियो। उनी प्लाष्टिकको जिव्रो र स्टिलको खुट्टाले बाँचिरहेका छन्। ‘जतिबेलासम्म जीन्दगीले धान्छ त्यतिबेला सम्म मागेरै गुजारा चलाउँछु,’ उनले भने, ‘परिवर्तनका लागि यति गर्न पाएकोमा खुसी छु।’ विहिबार जिल्ला सदरमुकाम मुसीकोट खलंगामा पत्रकार सम्मेलन गरि उनले यस्तो दुखेसो पोखेका हुन्।

 

 

 

प्रकाशित: १६ माघ २०७४ १३:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App