पुनः पेसी सारेपछि गंगामायाको आक्रोश : म जस्तोसुकै कदम चाल्न बाध्य हुनेछु

मङ्गलबार, १६ माघ २०७४, १५ : ११ नागरिक

काठमाडौं – छोराका हत्यारालाई कारवाहीको माग राख्दै सत्याग्रही आन्दोलन र कानूनी लडाइँमा रहेकी गोरखाकी गंगामाया अधिकारीले अदालतले आफ्नो मुद्दाको पेशी पुनः सारेपछि असन्तुष्टि जनाएकी छन्।

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या मुद्दामा जिल्ला अदालत चितवनले पुस २६ गते १९औं पटक पेशी सारेपछि आमा गंगामायाले मंगलबार एक विज्ञप्ति जारी गर्दै अन्तिम सुनुवाईको अवस्थामा पुगेको मुद्दालाई विभिन्न कारण देखाई पटक पटक सार्नुले आफू आश्चर्यमा परेको र न्यायालयबाट समयमै मुद्दाको फैसला नहुँदा थप प्रताडित बनाएको उल्लेख गरेकी छन्।

‘सत्य र न्यायको धरोहरका रुपमा रहेको न्यायालयबाट मुद्दाको छिटो किनारा नहुँदा म प्रताडित भएकी छु। जसले गर्दा देशमा सरकार छ, मानवअधिकार र विधिको शासन छ भन्ने कुरामा प्रश्न चिन्ह खडा भएको छ,’ उनले भनेकी छन्।

सरकार र राजनीतिक दललाई पीडितले न्याय पाउने प्रक्रियामा तगारो नबन्न आग्रह गर्दै उनले दोषीलाई पक्राउ गरी चितवन अदालतमा विचाराधिन मुद्दा यथाशिघ्र अन्तिम किनारा लगाउन माग गरेकी छन्।

‘मेरो माग पूरा गर्न वेवास्ता गरे म जस्तोसुकै कदम चाल्न बाध्य हुने र त्यसबाट उत्पन्न हुने परिणामको सरकार, राजनीतिक दल र अदालत जिम्मेवार हुने जानकारी गराउँदछु,’ सत्याग्रहकै क्रममा श्रीमान नन्दप्रसाद अधिकारीलाई गुमाएकी गंगामायाले भनेकी छन्।

तत्कालिन माओवादी सशस्त्र जनयुद्धको समयमा गोरखाको फुजेलका कृष्णप्रसाद अधिकारीको २०६२ जेठ २४ गते अपहरण गरी हत्या गरिएको थियो। घटनापछि बुवा नन्दप्रसादले फुजेलकै छबिलाल पौडेल, भीमसेन पौडेलसहित १३ जनाविरुद्ध प्रहरीमार्फत जिल्ला अदालत चितवनमा २०७० चैत ३० गते ज्यान मार्ने उद्योगमा मुद्दा हालेका थिए।

उक्त मुद्दाको अझै फैसला भएको छैन्। पुस २६ गतेसहित पछिल्ला पेशी न्यायाधीश कुलप्रसाद शर्माको इजलासमा तोकिएकोमा सबै सारिएको छ। न्यायाधीश शर्माको इजलासमा मुद्दाको आगामी पेशी फागुन १३ गतेलाई तोकिएको छ।

२०७२ फागुनदेखि सुनुवाई सुरु भएको मुद्दाको पेशी जिल्ला अदालत चितवनले हालसम्म १९ पटक सारेको छ।






यसमा तपाईको मत

अन्य समाचार

मोटोरोलाको नयाँ र अभिनव रेजर स्मार्टफोन

मोटोरोलाको नयाँ र अभिनव रेजर स्मार्टफोन

पुरानो रेजर फोन कै डिजाइनमा आधारित भएर यस नयाँ डिजाइनलाई निर्माण गरिएको छ ...

हामा आईरन एण्ड स्टीलतर्फबाट निर्मल पूर्जालाइ बधाई तथा शुभकामना व्यक्त

हामा आईरन एण्ड स्टीलतर्फबाट निर्मल पूर्जालाइ बधाई तथा शुभकामना व्यक्त

निर्मल पूर्जा, ‘निम्स दाई’ ले यस भन्दा अगाडी पनि पर्वतारोहणका सम्बन्धमा अनेक विश्व किर्तिमान पनि आफ्नो नाममा लेखाएका छन् ।

'काश्मिरका स्वादहरू' फूड फेस्टिवल (भिडियो)

'काश्मिरका स्वादहरू' फूड फेस्टिवल (भिडियो)

'काश्मिरका स्वादहरू' फूड फेस्टिवल १२ देखि २४ नोभेम्बरसम्म अल्फ्ट काठमाण्डु ठमेलमा चलिरहेको छ। ...

सिटी एक्सप्रेसद्वारा मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट हस्तान्तरण

सिटी एक्सप्रेसद्वारा मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट हस्तान्तरण

सिटी एक्सप्रेस ग्रुपद्धारा सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट हस्तान्तरण गरिएको छ। ...

नेपाल टेलिकमको बल्क एसएमएस सेवा

नेपाल टेलिकमको बल्क एसएमएस सेवा

नेपाल टेलिकमले एकैपटकमा धेरैजनालाई एकै प्रकारको सन्देश पठाउन मिल्ने बल्क एसएमएस सेवा उपलब्ध गराएको छ । ...

सेवा सुविधामा छुटसम्बन्धी सम्झौता

सेवा सुविधामा छुटसम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी तीनकुनेबीच सेवा सुविधामा छुटसम्बन्धी सम्झौता भएको छ । ...

सेलपेको दोस्रो चरणको स्टल एक्टिभेसन सुरु

सेलपेको दोस्रो चरणको स्टल एक्टिभेसन सुरु

नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक कम्पनी सेलपे सेवाले दोस्रो चरणको स्टल एक्टिभेसन सरु गरेको छ । ...

कुसोममा एनआइबिएल

कुसोममा एनआइबिएल

नेपाल इन्भेस्टमेन्ट बैंकले ललितपुरको बालकुमारीस्थित काठमाडौं स्कुल अफ म्यानेजमेन्टमा विस्तारित काउन्टर खोलेको छ । ...

Ncell Footer Ad