coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

विद्यालयको भवन निर्माण सुरु, बालबालिकालाई अब चिसोबाट राहत

महोत्तरी – महोत्तरीमा चिसोबाट बालबालिकालाई बचाउन विद्यालयको भवन निर्माण कार्य सुरु भएको छ।

अधिकांश पिछिडिएको समुदायको बालबालिका अध्ययन गर्ने महोत्तरीको मटिहानी नगरपालिका ९ सिमरदहीस्थित लक्ष्मीनारायण माध्यमिक विद्यालयको भवन निर्माण कार्य सोमबारदेखि सुरु भएपछि विद्यार्थीलाई गर्मीयाममा रुखको छहारीमा र चिसोमा शीतलहरसंग पैठाजोरी गर्दै पढनुपर्ने बाध्यात्मक अवस्था अब हटेर जाने भएको छ।

जिल्ला शिक्षा कार्यालय महोत्तरीबाट ४ कोठे भवन निर्माणको लागि प्राप्त वजेटबाट भवन निर्माण हुने भएपछि ती विद्यालयमा पढने बालबालिकालाई वर्षो देखिको समस्या हटेर जाने भएको छ।

मटिहानी नगरपालिकाको मेयर हरिप्रसाद मण्डलले सोमबार एक कार्यक्रमबीच लक्ष्मी नारायण माध्यमिक विद्यालयमा चार कोठे भवन निर्माको लागि शिलान्यास गरेपछि भवन निर्माणको काम विद्यिवतरुपमा शुरुवात भएको छ। भवन निर्माण कार्य सम्पन्न भएसंगै सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको वर्षौ वर्षदेखिको समस्या समाधान हुने भएपछि विद्यार्थी र अभिभावक समेत खुशि भएका छन। भवन अभावका कारण वर्षोदेखि उक्त विद्यालयमा पठनपाठन प्रभावित हुँदै आएको थियो।

भवन शिलान्यास गरे पश्चात मेयर मण्डलले भवन निर्माण कार्य सम्पन्न भएपछि लक्ष्मी नारायण माध्यमिक विद्यालयमा अध्ययरत विद्यार्थीहरुलाई अव गर्मीको वेला रुखको छहारीमा र चिसोको वेला शितलहर खेप्दै पढनु पर्ने बाध्यता हटेर जाने विश्वास व्यक्त गरेको छ। जिल्ला शिक्षा कार्यालय महोत्तरीबाट प्राप्त ३२ लाख रुपैंयाको लागतमा सो विद्यालयमा ४ कोठे भवन निर्माण हुन गई रहेको र सो भवनको निर्माण कार्य  दुई महिनाभित्रै सम्पन्न हुने मेयर मण्डलले बताएको छ।   

२०११ सालमा स्थापित उक्त विद्यालयमा अधिकांश मुसहर र पासवान लगायतका पिछिडिएको समुदायकै आठ सय भन्दा बढी बालबालिका अध्ययन गर्दै आएका छन। ‘यस विद्यालयको ८ वटा कक्षाकोठा कामै नलाग्ने गरि पहिले देखि नै जिर्ण रहेको थियो,’ विद्यालयका प्राधानाध्यापक राजकिशोर चौधरीले भने अब यो चार काठे भवन निर्माण कार्य सम्पन्न भएपछि केहि हद सम्म भएपनि कक्षा संचालनमा आउने कठिनाई अन्त्य हुनेछ।’

२०७२ को वैशाखमा आएको भूकम्पले उक्त विद्यालयमा पहिलेदेखि जीर्ण रहेको कक्षा कोठाहरु थप क्षतिग्रस्त बनाएपछि प्रत्येक कक्षाकोटामा टेको लगाएर पढाउनु पर्ने बाध्यता रहेको थियो। भवन जीर्ण भएपछि गर्मीको समयमा विद्यालय परिसरभित्रै रहेको आँपको बोट मुनि कक्षा संचालन गरिदै आएको थियो । जाडोमा बाहिर झन चिसो हुने भएकोले बच्चाहरुलाई खुल्ला चौरमा पढाउन स्राहै नै समस्या हुँदै आएको थियो।

मटिहानी नगरपालिका ९ सिमरहदीमा दलित र पिछिडिएकै वसोवास रहेको ८० प्रतिशत दलितको बालबालिका त्यहि विद्यालयमा अध्ययन अध्यापन गर्ने गर्छन।

प्रकाशित: १६ माघ २०७४ ०८:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App