coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पको एसिया सम्बन्ध कस्तो ?

वासिंटन– एक रिपोर्टले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र एसियाको सम्बन्ध २०१७ मा एकदमै खराब भएको निष्कर्ष निकालेको छ। विश्वभर उनको एक वर्षे कार्यकालको समिक्षा चलिरहँदा उनको एसिया उपस्थिति फितलो देखिएको हो। अन्तर्राष्ट्रिय स्तरमा ‘रिसर्च’ गर्ने संस्था ग्यालोप इन्टरनेसल एसोसिएनले निकालेको एक रिपोर्टमा उनको एसिया उपस्थितिलाई फितलो रुपमा हेरिएको छ।  

‘ट्रम्प राष्ट्रपति भएदेखिनै उनको एसिया हेर्ने नीति बदलिएको थियो। केहीदिन अघि हामीले एसियाको भ्रमण गरेका थियौं। भ्रमणका क्रममा हामीले केही सभा सम्मेलनमा भाग लिने मौका पायौँ। विगतमा अमेरिका सम्बन्धमा चासो राख्ने सहभागीहरू अमेरिकाको बारेमा बोल्न चाहेनन्। यो अलि अचम्म लाग्दो कुरा थियो’, सीएनएनलाई उद्धृत गर्दै क्युस्यु युनिभर्सिटीका संस्थापक प्रोफेसर चिसुका मासुओले भनेका छन्।

‘अमेरिकाले एसिया कम व्याक हुन उसले विगतमा गरेका बाचाहरू पुरा गर्नुपर्ने तथा एसियाका क्रियाशील नेताहरूसँग समन्वय गर्नुपर्ने आवश्यकता देखिएको छ । तर वर्तमान अवस्थामा उसले कुनैपनि लोकल नेताहरूसँग समन्वय गर्ने गरेको छैन। यसको फाइदा दक्षिण एसियामा आफ्नो प्रभुत्व जमाउन प्रयास गरेको चीनले लिनेछ,’ प्रोफेसर माउसोले भनिन्।

माउसोले थपिन्, ‘सन् २०२१ को जुलाइमा चीनको कम्युनिष्ट पार्टीले आफ्नो १०० औँ वार्षिक उत्सव मनाउँदै छ। त्यो भेलामा राष्ट्रपति सि जिनपिङले आफ्नो देशलाई एसियाकै शक्तिशाली राष्ट्र भनेर दाबी गर्नेछन्। साथै अमेरिकाले एसिया पोलिसी अबको तीन वर्षमा परिवर्तन गर्ने भनेको छ। यदि यसो भयो भने यसको खराब असर एसियामा पर्नेछ, चीनले यसको पुरापुर फाइदा एसिया प्यासिफिकमा लिनेछ।’

‘जब ट्रम्प राष्ट्रपतिमा नियुक्त भए तब वासिङ्टन र बेइजिङ्को ध्यान उत्तर कोरियातर्फ तानियो। त्यो तनाब अमेरिका र उत्तर कोरियाबीच वर्षभरिनै चल्यो। उत्तर कोरियाको प्रतिरक्षा गरिरहेको चीनले अमेरिकाको शक्ति केन्द्रको नाडी छाम्ने अवसर पनि पायो। चीनले यसको भरपुर उपयोग गर्दै आफ्नो दक्षिणी समुन्द्रमा सीमा विस्तार गरेर देखायो। यसले के देखाउँछ भने अबको तीन वर्षमा चीनले धेरै लाइनहरू पार गर्नेछ। जुन पुरा विश्वले सोचेको छैन। यो सबको जिम्मा ट्रम्प प्रशासनले लिनुपर्नेछ,’ युसोफ इसकका ल्यान स्टोरेले भनेका छन्।

पूर्वी एसियाको कोरियन प्रायद्विपमा अमेरिकाको शक्ति लगभग टुटिसकेको छ। दक्षिण कोरियामा सेना व्यवस्थापन चुस्त पारेको अमेरिका विरुद्ध उत्तर कोरियाले धावा बोलिरहेकाले पनि यहाँ अमेरिकाको उपस्थिति कमजोर देखिएको हो। उत्तर कोरियाली राष्ट्रपति किम जोङ्ग उनले विभिन्न समयमा अमेरिकालाई चुनौती दिँदै मिसाइल परीक्षण गर्दै आएका छन्। यसको विरोध विश्वभर भएपनि उसले कोरियली प्रायद्धिपमा अमेरिकी प्रभाव हटाउन यस्तो चुनौती दिँदै आएको बताउने गरेको छ। ट्रम्प राष्ट्रपति भएसँगै किम जोङ्ग उनसँग ट्रम्पको वाकयुद्ध चलिरहेको छ।

आफ्नो लामो समयसम्मको सम्बन्ध रहेको जापान, अस्ट्रेलिया र दक्षिण कोरियामा पनि ट्रम्पले विस्तारै विश्वास गुमाएका छन्। उनले कुनैपनि देशबाट आफ्नो सेना फर्काएको छैन। अनि कुनैपनि देशमा रहेका दूतावासपनि बन्द गराएका छैनन्। तरपनि उनले लिएको ‘व्यापारमा अमेरिका पहिलो’ भन्ने नीतिले उनका विश्वासी भनिएका राष्ट्रहरूमा नकारात्मक असर गरेको छ। यसकारण पनि विश्वभरमा उनको कार्यकालको आलोचना हुन थालेको हो।

अवको तीन वर्षपछि ट्रम्पको पहिलो कार्यकाल सकिने छ र उनले आफ्नो विश्व व्यापार हेर्ने नीतिमा व्यापक फेरवदल गर्ने अनुमान गरिएको छ।

प्रकाशित: १६ माघ २०७४ ०८:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App