४ वैशाख २०८१ मंगलबार
अन्तर्राष्ट्रिय

आधुनिक यौनशिक्षाको पर्खाइमा चीन

बेइजिङ—चीनका विभिन्न विश्व विद्यालयका प्राध्यापक तथा यौनविज्ञले विद्यालय स्तरबाटै यौन शिक्षा नदिँदा अहिलेको युवापुस्ताा यौन तथा प्रजनन् सम्बन्धी बुझाइमा कमी भएको औंल्याएका छन् ।बेइजिङ फरेस्ट्रि विश्वविद्यालयका प्राध्यापक फङ गाङले चीनमा केही स्थानमा यौन सम्बन्धी शिक्षा दिने गरेपनि त्यो प्रयाप्त नभएको बताए ।

द टेलिग्राफसँग कुरा गर्दै गाङले भने, ‘मैले विरोधका बाबजुद  पनि वर्षौंदेखि चीनमा पाठ्यक्रममै यौनशिक्षा समावेश गरौ भनेर माग गर्दै आइरहेको छु तर हालसम्म यस सम्बन्धी कुनै निर्णय र सुनुवाइ भएको पाएको छैन।’ उनले चीनले लिएको एक सन्तान नीतिले पनि चीनमा गर्भ रोक्ने साधनको प्रयोग कति हुन्छ भन्ने अनुमान लगाउन सकिने बताउदै हाल युवापुस्तामा विवाह अगाडि यौनसम्पर्क हुने कार्य बढ्दो रुपमा रहेकाले पनि आधुनिक यौनशिक्षा अपरिहार्य भएको बताए ।

सन् २००४ मा अनलाइनमार्फत प्रकाशित भएको ‘वैज्ञानिक यौनशिक्षा नामक पुस्तक सार्वजनिक भएपछि चीनमा विवाह अगाडि यौनसम्पर्क हुने कार्य बढ्दो रुपमा रहेको विषयले चर्चा बटुलेको थियो । उक्त किताबले विवाह अगाडिको यौनसम्पर्क पाप भएको र यस्तो कार्यका लाग्ने युवायुवतीलाई सामाजिक बहिस्कार गर्नु पर्ने उल्लेख गरेको छ । गाङले अहिले चीनमा गर्भपतन गराउनेको संख्या  बढेको बताउदै  यो सबै यौनशक्षाको कमीका कारण भएको औल्याउदै चिन अहिले आधुनिक यौन शिक्षाको व्यग्र पर्खाइमा रहेको  बताए ।

 

प्रकाशित: २९ श्रावण २०७३ ०८:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App