coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

जुम्लाका सांसद विद्युत सर्भेमा व्यस्त

जुम्ला – जुम्लाका प्रतिनिधी सभा सदस्य गजेन्दवहादुर महत यहाँका नदिनालामा ईन्जिनियर ल्याएर विद्युत सर्भे गर्नमा व्यस्त छन। 
तिला र हिमा नदिमा विद्युत निर्माण गर्न महत ईन्जिनियर सहित जिल्लामै आएर सर्भेमा जुटेका हुन । उनले भने, “सांसद नबन्दैको एउटा धोको जिल्लालाई अन्धकार मुक्त वनाउने थियो, अहिले सांसद भएपछि अवसर प्राप्त भएको छ, यो अवसरमा जुम्लालाई उज्यालो बनाउने गरी विद्युत सर्भेको कार्यमा जुटेको छु।” 

उनको पहलमा तिला गाउँपालिका ७ स्थित तिला नदिमा एक मेगावाट विद्युतको सर्भे गरिएको छ । उनले भने, “यो विद्युत उत्पादन कार्य तिन वर्षमा सकिने गरि काम हुने छ,गाउँपालिका र निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रमको लगानीले विद्युत बन्ने छ।” 
१५ देखि २० लाख रुपैयाँको लागतमा विद्युत निर्माण कार्य सम्पन्न हुने उनले वताए । जुम्ला अहिले सम्म राष्ट्रिय प्रशारणसंग जोडिएको छैन । गाउँमा सोलार बत्ती बजारमा जीर्ण बत्तिले उज्यालोको अनुभूति हुन सकेको छैन, उनले भने, मेरो कार्यकालमा जुम्लालाई उज्यालो बनाएर छाड्ने प्रतिवद्धता गरेको छु, ऋण सापट गरेर पनि योजना सम्पन्न गराएर देखाउने छु।

यो बिद्युत निर्माण कार्य शुरु भएपछि जुम्ला डोल्पा सडक विस्तारको कार्यमा लाग्ने वताए । उनले भने, सानातिना योजना बनाएर रकमको नोक्सानी गर्नु भन्दा वृहत योजना निर्माण गरेर जनताको दैनिक आवश्यकता परिपुर्तिमा लाग्नु उत्तम विकल्प ठानेको छु। 
प्रत्येक गाउँपालिका संग समन्वय गरेर विद्युतको सर्भे भईरहेको छ । प्रतिनिधी सभा सदस्य महतले सडक सञ्जालले नजोडिएका तत्कालिन मालिकाठाटाँ र घोडेमहादेव गाविसमा डोजर लगाईदिने बचन गरिसकेका छन । जिल्लाका बनिसकेका र जीर्ण विद्युत गृहको मर्मत गरि विद्युत सञ्चालनमा ल्याउने र नयाँ विद्युत उत्पादन गरि छिमेकी जिल्लालाई विद्युत बेच्ने गरी योजना निर्माण भईसकेको उनको भनाई छ। 
  

 

प्रकाशित: १६ माघ २०७४ ०७:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App