७ वैशाख २०८१ शुक्रबार
समाज

ट्रकको ठक्करबाट नगरकोटीको मृत्यु

काठमाडौं – काठमाडौंको गोकर्णेश्वरमा मिनी ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ। 

गोकर्णेश्वर नगरपालिका–३ मिराटोलमा सोमबार राति बा ३ ख ५८२१ नम्बरकोको ट्रकले ठक्कर दिँदा पैदलयात्रु स्थानीयबासी ४५ वर्षीय नरसिंह नगरकोटीको मृत्यु भएको प्रहरीले जनाएको छ। 

ट्रकको ठक्करबाट गम्भीर घाइते नगरकोटीको नेपाल मेडिकल कलेजमा उपचार भएको र थप उपचारका लागि ओम अस्पतालमा पुगेपछि मृत्यु भएको थियो । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  (रासस)

प्रकाशित: १६ माघ २०७४ ०६:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App