coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

अरबमा सिस्नुपानीको दुई थोपा हाँसो

काठमाडौं– हाँस्यव्यङ्ग्य स्रष्टाहरूको संस्था सिस्नुपानी नेपाल कार्यक्रम लिएर अरब यात्रामा निस्कने भएको छ। सोमबार औपचारिक कार्यक्रम गर्दै संस्थाले आफूहरू अरबी मुलुकको यात्रामा  निस्कन लागेको जानकारी गराएका हो। सिस्नुपानी नेपालले ‘दुई थोपा हाँसो’ शीर्षकमा अरबी मुलुक ओमान, बहराइन र युएईमा कार्यक्रम गर्न लागेको हो।

सिस्नुपानी नेपालले दुई वर्षअघि अरबमा रहेका नेपालीलाई स्वास्थ्य, सुरक्षित जीवन र मनोरञ्जन दिने उद्देश्यका साथ कार्यक्रमको थालनी गरेको थियो । ‘दुई थोपा हाँसो’को यो तेस्रो शृंखला हो । विगत १९ वर्षदेखि राजनीतिक, सामाजिक, प्रशासनिक, शैक्षिक, सांस्कृतिक लगायत विविध क्षेत्रका विकृति र विसंगतिलाई हास्यव्यङ्ग्यको माध्यमबाट उजागर गर्दै आएको संस्थाले मुलुकका थुप्रै स्थानहरूमा विगतमा भ्रष्टाचारविरोधी, सांस्कृतिक÷सामाजिक चेतनामूलक अभियानहरू सम्पन्न गरेको छ । 

गैर आवासीय नेपाली संघसँगको सहआयोजनामा सम्पन्न हुन लागेको कार्यक्रमले विदेशमा श्रम गरेर बस्ने लाखौं दाजुभाइ दिदीबहिनीलाई सम्मान, हौसला र सचेतना प्रदान गर्ने उद्देश्य राखेको संस्थाका अध्यक्ष लक्ष्मण गाग्नागेले बताए।

‘कार्यक्रममा मान्यताप्राप्त वित्तीय संस्थाबाट मात्र रेमिट पठाउने, बचत गरी भविष्य सुरक्षित बनाउने लगायत राष्ट्र र नेपाली माटोप्रति आस्था अभिवृद्धि जगाउने सामग्रीहरू सम्प्रेषण गरिनेछन्,’ गाम्नागेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसअघि हामीले सकारात्मक सोच जगाउने, योग तथा स्वास्थ्य सम्बन्धी परामर्श दिने लगायतका सचेतनामूलक कार्यक्रमहरू युएई, (दुईपटक) कतार, मलेसिया, सिङ्गापुर र चीनमा अत्यन्त प्रभावकारी रूपमा सम्पन्न गरेका छौं।’

आउँदो माघ १८ बाट सुरु हुने कार्यक्रममा लक्ष्मण गाम्नागे, अर्जुन पराजुली, मनोज गजुरेल, टंक आचार्य र रवीन्द्र समिरको प्रस्तुति रहनेछ । फागुन ५ सम्म चल्ने कार्यक्रममा श्रमिकहरू निःशुल्क सहभागी हुन पाउनेछन् । ८ देखि १० ठाउँमा हुने कार्यक्रममा श्रमिकहरू बिनाशुल्क सहभागी हुन पाउने आयोजकले जनाएको छ।

प्रकाशित: १६ माघ २०७४ ०५:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App