coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

रातोपुलमा एनसिसी बैंक

काठमाडौं –  नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंकले काठमाडौंको रातोपुलमा शाखा खोलेको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले उक्त शाखाको उद्घाटन गरेको बैंकले जनाएको छ ।कार्यक्रमा डेपुटी गभर्नर शिवाकोटीले वित्तीय क्षेत्रमा बैंक तथा ग्राहकले सुशासन कायम गर्नुपर्नेमा जोड दिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले यस बैंकले नेपाल राष्ट्र बैंकको नीति तथा निर्देशनलाई पूर्ण रुपमा पालना गर्दै आगामी दिनमा दुर्गम क्षेत्रमा पनि सेवा विस्तार गर्ने बताएको बैंकले जनाएको छ ।

एनसिसी बैंकले गत पुस मसान्तसम्ममा ५९ अर्ब निक्षेप संकलन  गरी ५१ अर्ब कर्जा प्रवाह गरेको जनाएको छ । सो अवधिमा ३५.४५ करोड खुद मुनाफा आर्जन गरेको पनि विज्ञप्तिमा छ ।

प्रकाशित: १६ माघ २०७४ ०५:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App