७ वैशाख २०८१ शुक्रबार
अर्थ

धनगढीमा कैलाश विकास बैक

काठमाडौं – कैलाश विकास बैक लिमिटेडले कैलाली जिल्लाको धनगढीमा ४३ औं शाखा स्थापना गरेको छ । उक्त शाखाले सोमबारदेखि कारोबार थालेको बैंकले जनाएको छ ।

शाखा उद्घाटन नेपाल राष्ट्र बैंकका कामु निर्देशक रमेश आचार्यले गरेका थिए । योसहित कैलाशको शाखा संख्या ४२ पुगेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बैंकले निकट भविष्यमा रुपन्देहीको भैरहवा, झापाको दमक, मोरङको विराटनगर तथा पर्साको विरगन्जमा शाखा खोल्ने तयारी गरिरहेको जनाएको छ ।

यस बैंकको चुक्ता पुँजी दुई अर्ब ५२ करोड छ । बैंकले हालसम्म १९ अर्ब ११ करोड निक्षेप संकलन गरी १७ अर्ब ५१ करोड कर्जा प्रवाह गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: १६ माघ २०७४ ०५:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App