ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु, ८ घाइते

मङ्गलबार, १६ माघ २०७४, ११ : १३ नागरिक

डडेल्धुरा – डडेल्धुरामा सोमबार राति मलामी पु¥याउन गएको ट्र्याक्टर दुर्घटना हँुदा १ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्। 

सोमबार राति करिब ८ बजेतिर मलामी बोकी फर्किरहेको से १ त ८९०८ नम्बरको ट्र्याक्टर अमरगढी नगरपालिकाको स्याउले बजार नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। 

दुर्घटनाबाट अमरगढी नगरपालिका–८, टाटारका ३३ वर्षीय लालबहादुर दमाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । बाँकी ८ जना घाइतेको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताए। 

घाइते हुनेमा मलामी गई फर्किरहेका शिव दमाई, दिलीप दमाई, दीपक ढोली, हरि दमाई, मनोज दमाई, सन्तोष दमाई, प्रकाश दमाई र वीरेन्द्र नेपाली रहेका छन् । घाइतेको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ । ट्र्याक्टर अनियन्त्रित भई सडक नालीमा पल्टिएको प्रहरीले जनाएको छ।   (रासस)







यसमा तपाईको मत

अन्य समाचार

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्स प्रा. लि.ले हालै वाफ़र रोल्स अन्तर्गत चोकोफन रोल्स बजारमा ल्याएको छ। ...

साताभरीमा ३३ बिन्दुको गिरावट

साताभरीमा ३३ बिन्दुको गिरावट

पुँजीबजार विकासका लागि आवश्यक पूर्वाधारले फड्को मारे पनि बजार भने निरन्तर घट्दै गएको छ । ...

सुन्धारा क्लिनिक सञ्चालनमा

सुन्धारा क्लिनिक सञ्चालनमा

काठमाडौंको सुन्धारास्थित सुन्धारा क्लिनिक प्रालिले शनिबारदेखि औपचारिक रुपमा स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । ...

खोकनामा नेपाल बंगलादेश बैंक

खोकनामा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले ललितपुरको खोकनामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । ...

बल्खुमा इसुजु सोरुम

बल्खुमा इसुजु सोरुम

राजधानीको बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको सोरुम खुलेको छ । ...

फर्नेक्स २०१९ मा घुइँचो

फर्नेक्स २०१९ मा घुइँचो

सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा अवलोकनकर्ताको भिड लागेको छ । ...

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्द एयरलाईन्सले थप एक ATR-72 जहाज भित्र्याएको छ। ...

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनी ट्रान्सफर तथा भुक्तानी सेवा प्रदायक कम्पनी मनिग्रामले २४ जनालाई पुरस्कार वितरण गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गरी...

Ncell Footer Ad