८ वैशाख २०८१ शनिबार
समाज

हात्ती आतंक नियन्त्रण गर्न वनपथ

झापा – हात्ती आतंक नियन्त्रण गर्न झापाको भद्रपुर नगरपालिका आसपासको वन क्षेत्रमा वनपथ निर्माण शुरु गरिएको छ। 

नगर क्षेत्रको १, २, ३ र ४ नम्बर वडामा रहेको वन क्षेत्रमा वनपथ निर्माण शुरु गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईले जानकारी दिए । उनका अनुसार वनपथ निर्माणका लागि चालू आर्थिक वर्ष २०७४÷०७५ का लागि रु ५५ लाख विनियोजन समेत गरिएको छ। 

“प्रारम्भिक चरणमा रु ५५ लाख बजेट छुट्याएर काम शुरु गरिएको छ” उनले भने, क्रमिकरुपमा बजेट थप गर्दै काम अघि बढाइनेछ । नगर प्रमुख जीवनकुमार श्रेष्ठले पर्यटन विकासको सम्भावना समेतलाई दृष्टिगत गरी सामुदायिक वनलाई जोड्ने आकर्षक र सुरक्षित वनपथ निर्माण गर्न लागिएको बताए। 

भद्रपुर वडा नम्बर १ मा पर्ने दशरथपुर सामुदायिक वन क्षेत्रबाट काम शुरु गरिएको छ । नगर प्रमुख श्रेष्ठले भने,“यो बाटो जंगली हात्तीबाट सुरक्षित हुने गरी निर्माण हुनेछ, सडक किनारका दुवैतर्फ सुरक्षित हात्तीबार, सडकबत्तीसमेतको व्यवस्थापन गरिनेछ ।” 

नगरको १ देखि ४ नम्बर वडासम्म पर्ने सामुदायिक वनलाई जोड्ने गरी वनपथका लागि नगरसभाले नै योजना पारित गरेको उनले जानकारी दिए । उनले भने,“हात्तीलाई लखेट्नेभन्दा पनि मानिस सुरक्षित हुने गरी हात्ती मार्ग निर्माण गर्न सक्दा प्रभावकारी हुन्छ,यसले आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्नेछ।”  (रासस)

प्रकाशित: १६ माघ २०७४ ०५:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App