coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

एनआइसी एसियाको निक्षेप बढ्यो

काठमाडौं – एनआइसी बैंकले एक वर्षमा ४१ अर्ब ४० करोड रूपैयाँले निक्षेप वृद्धि गरेको छ । २०७३ पुस मसान्तमा ७९ अर्ब निक्षेप भएको यस बैंकले २०७४ पुस मसान्तसम्ममा एक खर्ब २० अर्ब निक्षेप संकलन गरेको बैंकले जनाएको छ ।

एक वर्षमा ३५ अर्बले कर्जा लगानी बढाएर एक खर्ब दुई अर्ब रूपैयाँ पुर्याएको बैकद्वारा जारी विज्ञप्तिमा छ । बैंकको कर्जा तथा निक्षेप अनुपात ७८ः१९ प्रतिशत रहेको छ । यो नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले तोकेको ८० प्रतिशत सीमाभित्रै हो ।

बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ५७ करोड १७ लाख रूपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ७२ करोड १४ लाख रुपैंयाँ थियो ।गत वर्षको सोही अवधिमा कर्जा नोक्सानी व्यवस्थाबाट ३२ करोड ८३ लाख रुपैयाँ फिर्ता भएकोले खुद नाफामा बढी योगदान गरेको बैंकले जनाएको छ । साधारणतया, कर्जा नोक्सानी व्यवस्थामा हुने घटबढ तथा उक्त व्यवस्थाबाट फिर्ताले बैंकको खुद मुनाफामा उल्लेख्य प्रभाव पार्ने गर्दछ ।

बैंकको सञ्चालन नाफा भने २५ प्रतिशतले वृद्धि देखिएको छ । ‘चालु आव ०७४-७५ को दोस्रो त्रैमासिकमा सम्भावित नोक्सानीअघिको सञ्चालन मुनाफामा २५ प्रतिशतको वृद्धि गरेको छ । बैंकले गत वर्षको सोही अवधिमा ८९ करोड सञ्चालन नाफा गरेकोमा चालु वर्ष एक अर्ब १२ करोड रुपैयाँ पुर्याएको छ ।
 

प्रकाशित: १६ माघ २०७४ ०५:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App