१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

‘भूमिगत पैसा निस्कन दिनुपर्छ’

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी ओलीले गैरकानुनी रुपमा भित्रिने धनलाई करको दायरामा ल्याएर उत्पादन क्षेत्रमा लगाउनुपर्ने आशय व्यक्त गरेका छन् । त्यस्तो गैरकानुनी धन क्यासिनोमा प्रयोग गर्न हुने, उत्पादनमा लगानी गर्न नहुने भन्ने नभएको आशय उनले व्यक्त गरेका छन् ।

अध्यक्ष ओलीले सोमबार एमाले मुख्यालय धुम्बाराहीमा नेपाल चेम्बर अफ कर्मसको नयाँ कार्यसमितिलाई स्वागत तथा बधाई दिन आयोजित कार्यक्रममा उक्त भनाइ राखेका हुन् ।उक्त कार्यक्रममा ओलीले भने, ‘क्यासिनोमा कुनै लाउन्ड्रिङ चाहिँदैन, त्यहाँ रोकतोक पनि छैन, लगानीमा चैं किन चाहिन्छ ? उत्पादन बढाउने कुरामा चैं लाउन्ड्रिङ चाहिन्छ ? रोजगारी सिर्जना गर्ने कुरामा चैं चाहिन्छ ? देशका लागि समाजका लागि केही गर्न चैं लाउन्ड्रिङको स्रोत चाहिन्छ ? क्यासिनोमा कसैले सोध्दैन पैसा कहाँबाट आयो ? त्यहाँ चै धुलचक्र उडाउन पाइन्छ ।

त्यसैले त्यसलाई अलिकति लिगलाइज गर्ने हो कि ?’‘जसले पैसा निकाल्यो उसलाई समाउने मात्रै होइन । त्यो मनी लाउन्ड्रिङ नै होइन । तपाईं धारामा लान दिनुहुन्न पैसा तपाईं ढिकीमा लान दिनु हुन्न पैसा, तपाईं वासिङ मेसिनमा हाल्न दिनुहुन्न पैसा । मुसो निस्कने दुलोमा यत्रो साँचो थापे जस्तो गरी बसेर जुन पैसा आएर बसेको छ, त्यो पैसा बाहिर निस्कनै नदिने ? त्यसकारण लगानीलाई लाउन्ड्रिङ मान्ने कि लाउन्ड्रिङको नयाँ परिभाषा खोज्ने ? खुल्ला बहस गर्नु पर्छ,’ ओलीले थपे ।

स्रोत नखुलेको पैसा समाउने मात्रै हो भने मनी लाउन्ड्रिङ नहुने उनको भनाइ थियो । ‘खोई कहाँ नेर लाउन्ड्रिङ, साबुन खै, पानी खै ? खोई सरफ ? साबन पानी सरफ केही पनि छैन अनि हामी लाउन्ड्रिङ भन्छौं, साँचो मात्रै थापेर बस्छौं,’ उनले भने । अलिकति यसमा सुधार गरेर अन्डरग्राउन्ड पैसालाई बाहिर निस्कन दिनुपर्ने उनको आशय थियो । ‘आफ्नै पैसा पनि १० लाख राख्न नपाउने, आफ्नै पैसा पनि १० लाख निकाल्न नपाउने ? लोकतन्त्रको पर्यायवाची सरकार भएका बेला यो पनि गर्न नपाउने कि ? यसखालका परिभाषालाई बदल्न जरुरी छ,’ ओलीले भने ।

 

प्रकाशित: १६ माघ २०७४ ०५:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App