coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

भारत यू–१९ विश्वकप क्रिकेटको फाइनलमा

न्यूजिल्याण्ड – भारत १९ बर्षमुनिको विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। न्यूजिल्याण्डमा जारी प्रतियोगिताको सेमिफाइनलमा पाकिस्तानलाई २ सय ३ रनको फराकिलो अन्तरले पराजित गर्दै भारत उपाधि नजिक पुगेको हो।

टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउदै २ सय ७२ रनको मध्यम योगफल तयार पारेको थियो । भारतका लागि शुभम गिलले सतक प्रहार गरेका थिए । उनले ९४ बलमा ७ चौकाको मद्दतमा १ सय २ रनको सर्वाधिक रनको योगदान दिए।  

त्यस्तै मञ्जोत काल्राले ५९ बलमा ४७, कप्तान पृथ्वी शले ४२ बलमा ४१, अनुकुल रोयले ४५ बलमा ३३, हर्बिक देसाईले ३४ बलमा २० र सिभम मभिले ६ बलमा १० रनको योगदान दिए । भारतलाई २ सय ७२ रनमा समेटन पाकिस्तानका मोहम्मद मुसाले ४, अर्सद इक्बालले ३ र शहिन अफ्रिदीले १ विकेट लिए।

त्यसपछि भारतले जितका लागि प्रस्तुत गरेको २ सय ७३ रनको लक्ष्य पछ्याएको पाकिस्तान २९.३ ओभरमा अलआउट हुदै ६९ रनमै समेटियो।

पाकिस्तानका लागि रोहिल नाजिरले १८, शद खानले १५ र मोहम्मद मुसाले ११ रन बनाउनु बाहेक अन्य कुनैपनि खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन्। 

पाकिस्तानलाई सस्तैमा समेटन भारतका इशान पोरेलले ४, शिव सिंह र रियान परागले २÷२ तथा अनुकुल रोय र अबिशेक शर्माले १÷१ विकेट लिए।

भारतले अब उपाधिका लागि अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ ।  अष्ट्रेलियाले यसअघिनै अफगानिस्तानलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ। 

फाइनल खेल आगामी शनिबार हुनेछ। 

प्रकाशित: १६ माघ २०७४ ०५:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App