coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला हुने

 काठमाडौं -  नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा अर्को महिना ‘सातौं नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला’ हुने भएको छ । भृकुटीमण्डपमा आयोजना हुने मेला फागुन २४ देखि २८ सम्म सञ्चालन हुने महासंघले जानकारी दिएको छ ।

‘नेपाली वस्तु प्रवर्द्धन समृद्ध नेपाल निर्माण’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको मेलामा तीन सयभन्दा बढी स्टल रहने महासंघले जनाएको छ । ती स्टलमार्फत स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिनेछ । हस्तकला, पर्यटन, सूचना प्रविधि एवं व्यावसायिक सूचना, कृषि उत्पादन, ऊर्जा, भवन तथा निर्माण, शिक्षा, औषधि, फलाम, स्टील, सवारी साधन आदिका छुट्टाछुट्टै स्टल रहने आयोजकले जानकारी दिएको छ । मेलाको अवसरमा उत्पादकलाई अन्तर्राष्ट्रिय खरिदकर्तासँग प्रत्यक्ष अन्तरक्रिया गराउने आयोजकको लक्ष्य छ ।

मेलामा नेपालसहित सार्क मुलुकहरू, चीन, थाइल्याण्ड, मलेसियालगायत देशको सहभागिता रहने महासंघकी अध्यक्ष भवानी राणाले बताइन् । उनले एक जिल्ला एक उत्पादनअन्तर्गतका कृषि उत्पादन, नेपाल व्यापार एकीकृत रणनीति (एनटिआइएस) मा पर्ने निर्यातमूलक उत्पादन, ग्रामीण क्षेत्रका महिला उद्यमीद्वारा उत्पादित हस्तकला सामग्रीलगायतका लागि निःशुल्क स्टल उपलब्ध गराइएको जानकारी दिएकी छिन् । मेलाको मुख्य आकर्षणमा हस्तकला तथा एनटीआइएस उत्पादनहरु रहने उनको भनाइ छ ।

अध्यक्ष राणाले अब मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताइन् । ‘राजनीतिक मुद्दा सकिएकाले अब पालो आर्थिक क्रान्तिको हो,’ मेलाबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्, ‘मुलुकलाई आर्थिक विकासको एकल सुत्रमा अगाडि बढाउन सरकार, राजनीतिक दल र सरोकारवाला सबै निकायलाई हामीले निरन्तर दबाब दिइरहेका छौं ।’ महासंघको मुलुकभर रहेका सञ्जाल परिचालन गरी स्थानीय तह देखिनै आर्थिक विकासका मुद्दालाई सशक्त ढंगबाट अगाडि बढाउने उनको भनाइ छ ।

मेलालाई नेपालमा लगानी आकर्षण तथा अन्तर्राष्ट्रिय व्यवसायिक सम्बन्ध विस्तारमा एक महत्वपूर्ण कडीका रुपमा हेरिएको छ । मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिहरूस“ग भेटघाट तथा द्विपक्षीय व्यापार प्रवर्द्धन तथा लगानीबारे छलफलसमेत हुने महासंघले जनाएको छ । यस वर्षको मेलामा स्वदेशी र विदेशी गरी करिब दुई लाख अवलोकनकर्ताले अवलोकन गर्ने लक्ष्य राखिएको छ ।
प्रत्येक वर्ष आयोजना गर्दै आएको मेलाबाट मुलुकमा अन्तर्राष्ट्रिय लगानी तथा प्रविधि आकर्षण गर्न, नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रवद् गरी समग्रमा मुलुकको अर्थतन्त्रलाई माथि उठाउन सघाउ पु¥याउने विश्वास महासंघले लिएको छ ।

महासंघले स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यका साथ प्रदेश, जिल्ला र स्थानीय स्तरमा समेत व्यापार मेला आयोजना गर्ने जनाएको छ । स्वदेशमा मेला महोत्सवको आयोजनाका साथै अन्तर्राष्ट्रिय जगतमा हुने मेला महोत्सवमा महासंघले भाग लिँदै आएको छ ।

प्रकाशित: १६ माघ २०७४ ०४:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App