संविधान संशोधनमा वाम र मधेसी गठबन्धन नजिकिँदै

मङ्गलबार, १६ माघ २०७४, ०९ : ३२ प्रकाश तिमल्सिना  | @prakashujyalo

काठमाडौं – ताजा जनादेशपछि वाम गठबन्धन र मधेसी गठबन्धनबीच संविधान संशोधनका विषयमा समान धारणा बनाउने प्रयास भइरहेको छ।

एमाले–माओवादी नेतृत्वको वाम गठबन्धन र संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल आबद्ध मधेसी गठबन्धनबीच संविधान संशोधनबारे सहमति खोज्ने प्रयास भएको हो।

त्यसका लागि दुवै पक्षबाट अनौपचारिक छलफल जारी राखिएको छ । यसबीचमा पटकपटक शीर्ष नेतृत्व तहमा नै छलफल भइसकेको छ । ‘संविधान संशोधनका लागि वाम गठबन्धनका पक्षबाट मधेसी गठबन्धनसँग प्रतिबद्धता जाहेर भइसकेको छ,’ एमाले नेता सुवासचन्द्र नेम्बाङले नागरिकसँग भने, ‘हाम्रो प्रतिबद्धतापछि उहाँहरूको समान धारणा आएको छैन ।’ उनका अनुसार संविधान संशोधन नै नगर्ने भन्नेमा वाम गठबन्धन नरहेको र मधेसी गठबन्धनले प्राप्त गरेको जनमतलाई स्वीकार गर्दै आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन हुनेछ।

संविधान संशोधनको अजेन्डामा मुख्यतः प्रदेश नम्बर २ बाट मधेसी गठबन्धनलेरराजनीतिक स्थिरता र विकासका अजेन्डामा वाम गठबन्धनले भारी जनमत प्राप्त गरेको अवस्थामा दुई गठबन्धनबीच संविधान संशोधनलाई टुंग्याउने पहल भएको हो । ‘हालै सम्पन्न निर्वाचनले मधेसी गठबन्धन र वाम गठबन्धनलाई जनमत प्राप्त भएको छ, अरुलाई दिएको अवस्था छैन,’ राजपा महामन्त्री रामनरेश रायले भने, ‘यही कुरा हामीले वाम गठबन्धनलाई भनिसकेका छौं । त्यसमा भरपर्दो प्रतिबद्धता आएलगत्तै सहमति हुन सक्छ ।’ उनका अनुसार संविधान संशोधन गरेर राजनीतिक स्थायित्व दिने र आर्थिक समृद्धिमा जाने विषयमा दुवै गठबन्धन गम्भीर हुनुपर्ने राजपाले सर्त राखेको छ।

एमाले–माओवादीको साझा घोषणापत्रमा ‘आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गरिने’ भन्ने वाक्यांशलाई अझ स्पष्ट गनुपर्ने राजपाको भनाइ छ । वाम गठबन्धनबाट एमालेले भने संविधान संशोधनको प्रस्ट प्रस्ताव ल्याउन आग्रह गरेको छ।
त्यसो त प्रतिनिधिसभामा प्राप्त अंकगणितअनुसार दुवैले जनतासमक्ष गरेको प्रतिबद्धता पूरा गर्न एकअर्कालाई ‘बाइपास’ गरेर बढ्नुभन्दा ‘कन्भिन्स’ गर्नुपर्ने बाध्यता भएकाले पनि दुवै गठबन्धनबीच सहमति हुनुको विकल्प देखिँदैन । दुवै गठबन्धन मिलेमा मात्रै संविधान संसोधन तथा राजनीतिक स्थिरता र विकास सम्भव हुने भएकाले त्यसका लागि दुवै पक्षले प्रयास गरिरहेका हुन्।
संविधान संशोधनका विषयमा दुवै दलबीचमा समान धारणा बनाउने प्रयासनिरन्तर जारी रहने राजपा अध्यक्ष मण्डलका नेता शरदसिंह भण्डारी बताउँछन् । ‘संविधान संशोधनका विषयमा राष्ट्रियसभामा उम्मेदवारी दिने बेलामा पनि वाम गठबन्धनसँग छलफल भएको थियो, त्यो निष्कर्षमा पुग्न सकेन,’ भण्डारीले नागरिकसँग भने, ‘संविधान संशोधनमा वाम गठबन्धन सकारात्मक देखिएको छ, त्यसलाई टुंगोमा पुर्याउनुपर्छ भनेर लागिरहेका छौं ।’ संविधान संशोधन भएमा मात्रै वाम  गठबन्धनले प्रतिबद्धता जनाएको जस्तो राजनीतिक स्थिरता र आर्थिक समृद्धि सम्भव हुनेबारेमा गम्भीर हुनुपर्ने अध्यक्ष भण्डारीको भनाइ छ ।

 

उपेन्द्रलाई जिम्मा
काठमाडौं – वाम  गठबन्धनसँग संविधान संशोधन र सरकार गठनसमेतकाबारेमा मधेसी गठबन्धनका तर्फबाट उपेन्द्र यादवले निरन्तर संवाद जारी राखेका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायतसँग नियमित भेटघाट गरी संविधान संशोधनका विषयमा संसद आह्वानअघि नै सहमति गर्ने प्रयास गरेका हुन् । त्यसका लागि राजपाका नेताले पनि अध्यक्ष यादवलाई अनौपचारिक म्यान्डेट दिएका छन्।

संविधान संशोधनप्रति माओवादी सकारात्मक भए पनि एमाले त्यसको विपक्षमा उभिँदै आएको भन्दै यादवले ओलीसँग वार्ता जारी राखेका छन् । स्रोतका अनुसार अध्यक्ष यादव बाल्कोटस्थित ओली निवासमा नै पुगेर ‘लगभग सहमति’ गरिसकेका छन् र ओलीले पनि संविधान संशोधनका विषयमा राजनीतिक सहमतिका लागि आपूm बाधक नहुने प्रतिबद्धता पनि जाहेर गरिसकेका छन्।

यसले वाम  र मधेसी गठबन्धनबीच संविधान संशोधनमा सहमति हुन सक्नेमा दुवै पक्ष आशावादी देखिएका छन् । स्रोतका अनुसार पछिल्लो पटक पेस गरेको संविधान संशोधनको प्रस्ताव र थप धारा २८९ मा वंशजसहित ‘जन्मसिद्ध’ भन्ने वाक्यांश थप गर्नेबारे प्रस्ताव मधेसी गठबन्धनबाट गएको छ।

यादवले गरेको प्रयासपछि एमाले अध्यक्ष ओलीले पोखरामा सामुदायिक रेडियो प्रसारक संघको एक कार्यक्रमवाट संविधान संशोधनप्रति लचिलो हुने धारणा दिइसकेका छन् । संविधान संशोधन गर्न तयार हुँदासमेत मधेस केन्द्रित दल छलफलमा नआएको भन्ने व्यंग्यमिश्रित भनाइ राखेर ओलीले त्यसको संकेत गरिसकेका छन् । निर्वाचन सम्पन्न भएपछि संविधान संशोधनबारे ओलीको यो पहिलो अभिव्यक्ति हो।







यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेले आफ्ना ल्यापटपहरूमा लिनक्सको विशेष वितरण अर्थात् लिनसक डिपिन इन्स्टल गर्ने भएको छ ...

Ncell Footer Ad