coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

शरणार्थी समस्या समाधानमा सहजीकरण गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहालसँग  संयुक्त राष्ट्र संघका शरणार्थीकालागि उच्च आयुक्त फिलिप्पो ग्राण्डीले भेट गरेका छन्। शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उच्च आयुक्तले प्रधानमन्त्री दाहाललाई भुटानी शरणार्थी समस्या समाधानबारे संयुक्त राष्ट्र संघले पहल गरिरहेको जानकारी गराएका थिए ।

ग्राण्डीले बाँकी रहेका भुटानी शरणार्थीको समस्या पनि छिटै समाधान हुने प्रधानमन्त्रीलाई जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। जवाफमा प्रधानमन्त्रीले भुटानी शरणार्थी समस्या समाधानमा संयुक्त राष्ट्र संघले देखाएको चासोप्रति धन्यवाद दिँदै बाँकी शरणार्थीको समस्या समाधानमा सहजीकरण गरी दिन आग्रह गरेका थिए ।

प्रधानमन्त्रीले नेपालले संविधानको कार्यान्वयन गर्दै शान्ति, स्थीरता र समृद्धिको दिशामा अगाडि बढ्ने ग्राण्डीलाई जानकारी गराएका थिए।

 

प्रकाशित: २९ श्रावण २०७३ ०६:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App