coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

त्रिभुवन विमानस्थलका महाप्रबन्धक फिर्ता बोलाइए

काठमाडौं –  मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायलाई फिर्ता बोलाएको छ । त्रिभुवन विमानस्थलको जिम्मेवारी राजकुमार क्षेत्रीलाई दिइएको छ।

उड्डयन प्राधिकरणका महानिर्देशक स्तरीय माघ १० को निर्णयअनुसार उपाध्यायलाई प्राधिकरण मुख्यालयमा फिर्ता बोलाइएको हो । अहिले प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम छन् ।

‘गत कात्तिक तेस्रो साता विमानस्थल महाप्रबन्धक उपाध्यायलाई अबैध विदेशी मुद्रा कारोबारको आशंकामा विशेष प्रहरीले जाँच गरेपछि महानिर्देशक गौतमले उनलाई फिर्ता बोलाउन खोजे पनि चुनावलगायत कारण रोकिएको थियो,’ सम्बद्ध स्रोतले सोमबार नागरिकसँग भन्यो, ‘अहिले बल्ल उनलाई फिर्ता बोलाइएको हो ।’
प्रहरी निगरानीबाहेक त्रिभुवन विमानस्थललाई नेपाल उडान गरिरहेका दुई दर्जन बढी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले तिर्नुपर्ने करिब साढे २ अर्ब रुपैयाँ उठाउन ‘पहल’ नगरेको आरोपसमेत उनीमाथि छ । यसैको छानबिन गर्न उड्डयन प्राधिकरणले उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो ।

सामान्यतयाः त्रिभुवन अन्तर्राष्ट्रियसहित देशभरका विमानस्थल प्रमुखको कार्यकाल दुई वर्ष हुने प्रावधान छ । उपाध्यायको कार्यकाल गत असोजमै सकिएको थियो । अहिले उनलाई प्राधिकरण मुख्यालयको विमानस्थल निर्देशनालयको उपमहानिर्देशकको जिम्मेवारी दिइएको छ । उनी १२औं तहका कर्मचारी हुन् । उनले सोमबार रमानापत्र लिएर मुख्यालयमा हाजिर गरेका छन् । त्रिभुवन विमानस्थलको महाप्रबन्धक नियुक्त क्षेत्री विमानस्थल निर्देशनालयका उपमहानिर्देशक थिए ।

प्रकाशित: १६ माघ २०७४ ०३:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App