७ वैशाख २०८१ शुक्रबार
खेल

आयोजक च्याम्पियन

काठमाडौं – आयोजक  विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयको ‘ए’ टीम १० स्वर्ण पदकसहित प्रथम प्रधान सेनापति अन्तरविद्यालय छात्रा तेक्वान्दो प्रतियोगितामा टीम च्याम्पियन बनेको छ । विजेश्वरीले १ रजत र १ कांश्य पदक पनि जितेको थियो ।

२ स्वर्ण र १ कांश्य पदक जितेको आदर्श योग हरी मावि उप विजेता हुँदा १ स्वर्ण, १ रजत र ३ कांश्य पदक जितेको कौशल इङलिस बोर्डिङ स्कूल तेस्रो स्थान रहयो ।स्वयम्भुस्थित महाविद्यालय हातामा ३ दिनसम्म भएको प्रतियोगितामा विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयकी छात्रा योगमाया श्रेष्ठ सिनियर तर्फको उत्कृट खेलाडी र अर्ली चाइल्डहुड डेभलपमेन्ट सेन्टरकी सुरिता जैसी जुनियर तर्फको उत्कृट खेलाडी घोषित भए ।

१९ विद्यालयका १ सय ५० खेलाडी सहभागि प्रतियोगिताका विजेताहरुलाई नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षत्रीले पुरस्कृत गरे ।

प्रकाशित: १६ माघ २०७४ ०२:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App