लन्डन – केभिन डी बु्रयनाप्रेरित म्यानचेस्टर सिटीले आइतबार कार्डिफ सिटीमाथि २–० को जित हात पार्दै एफ कपको अन्तिम १६ मा प्रवेश गरेको छ ।
यस जितसँगै वर्षमा तीन उपाधि(इङलिस प्रिमियर लिग, एफ कप र च्याम्पियन्स लिग) उचाल्ने लक्ष्यमा सिटी एक कदम अघि बढेको छ।खेलको आठौं मिनेटमा बेल्जियमका मिडफिल्डर डी ब्रुयनाले गरेको फ्रि–किकमा गोलमा सिटीले अग्रता लिएको थियो ।
२६औं मिनेटमा बर्नार्डो सिल्भाले गोल गर्दै सिटीको अग्रता दोब्बर पारेका थिए । तर रेफ्रीले लोरी सेन अफसाइड पोजिसनमा बसेको भन्दै उक्त गोललाई मान्यता दिएनन् ।सिटीले रेफ्रीको निर्णयमाथि विरोध गरेपछि भिडियो असिस्टेन्ट रेफ्री(भिएआर) प्रविधिको सहायता लिइएको थियो । भिएआरमा पनि सेन अफसाइड पोजिसनमा रहेको देखिएको थियो ।
तर सिटीले अग्रता दोब्बर पार्न धेरै समय कुर्न परेन । त्यसको ११ मिनेटपछि रहिम स्टर्लिङले गोल गर्दैै सिटीको अग्रता दोब्बर पारेका थिए । स्टर्लिङले सिल्भाको पासलाई पोस्टको दिशा दिएका थिए ।
पहिलो हाफको अन्तिम मिनेटमा सेन घाइते हँुदै मैदानबाट बाहिरिएपछि उनको स्थानमा सर्जियो अग्विरो प्रवेश गरेका थिए ।इन्जुरी समयमा रक्षक जोसेफ बेटेट दोस्रो पहेलो कार्ड दर्शन गर्दै बाहिरिएपछि कार्डिफले १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको थियो ।
‘सेन दुई साता देखी एक महिना मैदानबाहिर बस्ने सम्भावना छ,’ सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले भने, ‘भोली रिपोर्ट आएपछि मात्र यसबारे निश्चित हुनेछ । रेफ्रीले खेलाडीको सुरक्षााको बारेमा सोच्नु पर्छ । म हाम्रो गोललाई अफसाइड भन्दै मान्यता नदिने रेफ्रीको निर्णय स्विकार गर्छु तर मेरो माग भनेको खेलाडी सुरक्षित हुन परयो भन्नु मात्र हो । मैले सिटीको खेलाडी घाइते भए भनेर यसो भनेको होइन । यो सबै टोलीका सबै खेलाडीको लागि हो ।’‘टोलीले अन्तिम १६ को यात्रा तय गर्दा म खुसी छु । यो खुसी वर्णन गर्न मसँग कुनै शब्द छैन,’ ग्वार्डिओलाले थपे, ‘लगातारको खेल तालिकाका बाबजुद पनि खेलाडीहरुले मिहिनेत गर्दै स्वभाविक लयलाई निरन्तरता दिएका छन् । यसका लागि म उनीहरुलाई धन्यवाद दिन चाहन्छु ।’
आइतबारै सम्पन्न अर्को खेलमा चेल्सीले मिचे बात्सुईको दुई गोलमा न्युक्यासल युनाइटेडलाई ३–० ले पराजित गर्दैै प्रतियोगिताको अन्तिम १६ को टिकट काट्यो ।३१औं मिनेटमा बात्सुईले गरेको गोलमा चेल्सीले अग्रता लिएको थियो । मध्यान्तर हुन एक मिनेट बाँकी हुँदा बात्सुईले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारेका थिए ।७२औं मिनेटमा मार्कुस अलोन्सोले गोल गर्दै चेल्सीको अघिल्लो चरण प्रवेश पक्का गरे ।
प्रकाशित: १६ माघ २०७४ ०१:५६ मंगलबार