८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

आइएस नेता हफिज शाहिद मारिएको अमेरिकाको दाबी

पेन्टागन– इस्लामिक स्टेट आइएसआईका लागि दक्षिण एसियाली राष्ट्र अफगानिस्तान र पाकिस्तानका प्रमुख भनिएका हफिज शाहिद आफ्नो हवाई हमलामा मारिएका अमेरिकाले दाबी गरेको छ।

अमेरिकाको रक्षा मुख्यालय पेन्टागनका प्रवक्ता गाँर्डन ट्राउब्रिजले गत महिना गरिएको ड्रोन हमलामा शाहिद मारिएको बताए । यता आइएसआईले भने अमेरिकी आक्रमणमा शाहिद नमारिएको दाबी गरेको छ ।

उसले अमेरिकी आक्रमणमा अर्का एक वरिष्ठ नेता भने मारिएको जनाएको छ । उसले उक्त ड्रोन हमला आफ्ना ३० लडाकु मारिएको पनि जनाएको छ । पाकिस्तानको विद्रोही समूह तालिबान छोडेर आइएसआई प्रवेश गर्ने शाहिद पहिलो लडाकु हुन्। यसअघि पनि अमेरिकाले हाफिज मारिएको दाबी गरेको थियो ।

 

प्रकाशित: २९ श्रावण २०७३ ०५:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App