coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

पाँच नम्बर प्रदेशमा सभामुखमा माओवादीका चार आकांक्षी

दाङ- प्रदेश नम्बर ५ मा नेकपा माओवादी केन्द्रको भागमा परेको सभामुखका लागि माओवादीबाट चार सांसद दाबेदारका रुपमा देखिएका छन्। यो प्रदेशमा एमालेले मुख्यमन्त्री लिने र माओवादीले सभामुख पद लिने बामगठवन्धनको कार्यदलले सहमती गरिसकेको छ। मुखयमन्त्रीका लागि एमालेका शंकर पोख्रेल सम्भावनाको अधिकतम उचाईमा देखिएका छन्। माओवादीका एकनेताले प्रदेश सभामुखका लागि सम्भावित चार जनाबाट सभामुख चयन हुने बताए। उनका अनुसार सबै भन्दा बढि सम्भावना रोल्पाबाट निर्वाचित कुलप्रसाद केसीको देखिएको छ।

 यसअघि मुख्यमन्त्रीकै दाबेदारका रुपमा रहेका केसी नै माओवादीको भागमा परेको सभामुखमा चयन हुने ति नेताले बताए। त्यसोत, संगठन निर्माणमा कुशलता पूर्व भुमिका निर्वाह गर्न सक्ने नेताका रुपमा चिनिएका केसीलाई नै माओवादीले सभामुख चयन गर्न सक्ने सम्भावना बढि देखिएको छ। तथापी केसीले भने अहिले बामकार्यदलले प्रस्ताव मात्रै गरेकाले यस सम्बन्धमा निर्णायक मोडमा नपुगिएको बताए। ‘अहिले कसले मुख्यमन्त्री र कसले सभामुख पद लिने भन्ने बिषय कार्यदलको प्रस्तावका रुपमा मात्रै आएको छ,’उनले नागरिकसंग भने ‘यसर्थ यो बिषयमा अहिले नै हामीहरु निर्णायक घडीमा पुगिसकेका छैनौ।’ उनले सभामुखका लागि अन्य सांसदहरुको आकांक्षा रहेको पनि सुनाए।

यसैगरि प्यूठानका कृष्णध्वज खड्का सभामुखका अर्का सम्भावित सांसद हुन्। आँफूलाई मुख्यमन्त्रीकै रुपमा प्रस्तुत गरेका उनले पनि आँफूलाई सभामुखका रुपमा प्रस्तुत गर्न सक्ने देखिएको छ। यसैगरि पूर्वी रुकुमका पूर्णवहादुर घर्ती पनि सभामुखका सम्भावित सांसदका रुपमा रहेको माओवादी स्रोतले जनाएको छ। सभामुखमा पुरुष सांसद चयन भए यि तीन सांसद मध्यबाटै चयन हुने र महिला प्रतिनीधित्व गराउने पार्टीको निर्णय भए बाँकेकी कृष्णा कुमारी केसीलाई माओवादीले अघि सार्ने देखिएको छ। ‘महिलाको प्रतिनीधित्व गराएर जानु पर्ने अवस्थामा कृष्णा जि सभामुख बन्ने सम्भावना देखिएको छ,’ एक माओवादी नेताले भने ‘अहिले सम्मको अवस्थालाई हेर्दा चार जनानै सभामुखका लागि सम्भावित सांसदका रुपमा देखिनु भएको छ।’

 यो प्रदेशमा सभामुख पद पाएको माओवादीको सांसद संख्या २० रहेको छ भने मुख्यमन्त्री पाएको एमालेको सांसद संख्या ४१ रहेको छ। यसैगरि कांग्रेसका १९ जना छन् भने संघीय समाजवादी फोरमका ५ र राजमो र राजपाका एक/एक जना सांसद छन्।    

 

 

 

 

प्रकाशित: १५ माघ २०७४ १३:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App