coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अश्लील तस्बिर देखाउने १० पक्राउ

कम्बोडिया – अश्लील तस्बिर देखाएको अभियोगमा ५ बेलायती नागरिक सहित १० विदेशीहरू कम्बोडियामा पक्राउ परेका छन्  ।उनीहरू माथि अनुसन्धान जारी रहेको बताउँदै कम्बोडिया प्रहरीले दोषी ठहर भएमा  १ वर्ष जेल सजाय हुने बताएको छ ।  

उनीहरूमाथि अश्लील तथा यौनजन्य गतिविधीसँग सम्बन्धीत १०० तस्बिर तथा भिडियोहरू सार्वजनिक गरेको अभियोग लागेको छ । कम्बोडियाको उत्तर पश्चिमी क्षेत्रमा पर्ने सीम रेप पर्यटकीय क्षेत्रका मानिसहरूले उनीहरूले सार्वजनिक गरेको अश्लील तस्बिर तथा भिडियोहरूको नक्कल गरेका थिए ।

पक्राउ पर्ने अन्य ५ जना न्युजिल्यान्ड,नेदरल्यान्ड तथा नर्वेका नागरिक रहेका छन् । उनीहरूलाई पक्राउ गरी कम्बोडियाले बेलायत सरकारलाई सहयोग गरेको बेलायती विदेश मन्त्रालयले बताएको छ ।
उनीहरूले अश्लील तस्बिर सार्वजनिक गर्नुका साथै यौन हिंसा झड्काउने खाले विभिन्न प्रकारको अभिनय समेत गरेको सञ्चार माध्यममा उल्लेख छ । सीम रेप कम्बोडियाको एक प्रसिद्ध पर्यटकीय स्थल हो ।
विदेशी पर्यटकहरूले कम्बोडियामा स्वदेशी संस्कृतीमा नकारात्मक प्रभाव पारेको भन्दै  कम्बोडियाका मानवअधिकारवादीहरूले  यस्ता गतिविधिको विरोध गरेका हुन् ।

 

प्रकाशित: १५ माघ २०७४ ०७:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App