coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

‘मैले किन पढ्न छाडेँ भनेर कसैले सोध्दैनन्’

भक्तपुरको दरबार क्षेत्रमा बिहीबार ‘मेयरसँग बालबालिका’ नामक कार्यक्रम सञ्चालन हुँदै गर्दा मालीगाउँका आकाश लामा बदामको डालो बोेकेर कार्यक्रम नियाल्दै थिए । चिटिक्क लुगामा सजिएका स्कुले नानीहरू चियरमा बसेर मेयर सुनील प्रजापतीलाई आफ्ना समस्या सुनाउँदै थिए । कालो सर्टमा आएका आकाशले बदामको डालो काँधमै राखेर आफ्नो कथा पंक्तिकारलाई बताए।

स्कुले नानीहरूको पढाइसँग सम्बन्धित थुप्रै समस्या थिए । मेयरले त्यसको समाधानका लागि पहल गर्ने वाचा गरे । यता आकाशको भने विद्यालय जानै नपाएको समस्या थियो । मेयरसम्म उनको आवाज पुग्न पाएन।

कक्षा ४ पढ्दै गरेका बेला बुबाको मृत्यु भएपछि आर्थिक अवस्था कमजोर भई आफू विद्यालय जान नपाएको उनले सुनाए । ‘मैले बदाम बेचेको र आमाले चटपटे बेचेको पैसाले घरखर्च चल्छ,’ उनले भने । आफूले पढ्न नपाए पनि आफ्नो कमाइले बहिनीले कक्षा ३ मा पढ्दै गरेको पनि उनले सुनाए । उनीहरूको परिवार भक्तपुरको सल्लाघारीमा डेरा लिएर बसेको छ । उनलाई बदाम बेच्ने रहर छैन । अर्को उपाय पनि छैन । उनले बदाम नबेच्दा उनको बहिनीको पढाइ छुट्छ । ‘सबै मानिस स्कुल किन नगएको मात्र सोध्छन्,’ उनले भने, ‘मैले किन पढ्न पाइनँ कसैले सोध्दैनन् ।’
प्रस्तुति : उपेन्द्र लामिछाने

प्रकाशित: १५ माघ २०७४ ०६:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App