इलाममा दश वटा झोलुंगे पुल निर्माण हुँदै

सोमबार, १५ माघ २०७४, ११ : ५० नागरिक

मंगलबारे - इलाममा चालू आवमा १० वटा झोलुंगे पुल निर्माण हुने भएका छन् ।जिल्ला समन्वय समिति तथा जिल्ला प्राविधिक कार्यालयको सहयोगमा निर्माण हुने झोलुंगे पुलमा इलामकै सुनगाभा विकास संस्था र धरानको टुेल ब्रिज सपोर्ट युनिट टिबीएसयुको प्राविधिक संलग्नता रहेको छ ।

सो पुलका लागि रु तीन करोड ७२ लाख ३७ हजार निकासा भएको छ । सुनगाभाका असिष्टेण्ट सव–इञ्जिनियर रोशन सुब्बाका अनुसार इलामका १० स्थानमा ती पुल बनाउन स्थानीयस्तरमा उपभोक्ता समिति गठन भइसकेका छन् । सव–इञ्जिनियर सुब्बाका अनुसार सूर्योदय र इलाम नगरपालिकामा एक-एक वटा, सन्दकपुर गाउँपालिकामा तीन वटा, फाकफोकथुम र रोङ गाउँपालिकामा दुई-दुई वटा तथा माइजोगमाई गाउँपालिकामा एउटा पुल निर्माण हुनेछन् ।

सूर्योदय नपाको गोर्खे र पशुपतिनगर जोड्ने मयुँ खोलामा मयुँघाट झोपु रु ३६ लाख ३४ हजारको लागतमा निर्माण हुनेछ । त्यस्तै इलाम नगरपालिका–३ को साविक पुवामझुवा गाविस वडा नम्बर ३ र ६ जोड्ने सानो पुवाखोलामा भागेटार झोलुंगे पुल रु २३ लाख १८ हजारमा निर्माण हुनेछन् ।

रोङ गाउँपालिकाको साविक इरौँटार गाविस र झापाको शान्तिनगर जोड्ने ठोट्ने टिमाइ खोलामा प्युरे झोपु रु ४५ लाख ७८ हजारमा निर्माण हुने भएको छ । त्यस्तै सन्दकपुर गाउँपालिकाको मावु र माईमझुवा जोड्ने माइखोलामा दुई स्थानमा ९चौडा दोभान झोपु र लिम्बूबारी झोपु० निर्माण हुने भएका छन् । त्यहाँ चौडा दोभानका लागि रु २८ लाख ४८ हजार र लिम्बूबारीका लागि रु २६ लाख ५८ हजार बजेट छुट्टयाइएको छ ।

सन्दकपुर गापा कै साविक जमुना गाविस ३ र मावु गाविस ६ जोड्ने धुँवा खोलामा खुदी झोलुंगे पुल रु ३३ लाख १६ हजारको लागतमा निर्माण हुने भएको हो । यता फाकफोकथुम गाउँपालिकाको फुँएतप्पा र लुम्दे जोड्ने थावा खोलामा रिठ्ठाबोटे झोलुंगे पुल निर्माण हुने भएको छ ।

उक्त पुलका लागि रु ४० लाख ८२ हजार बजेट रहेको छ । त्यसैगरी साविक जोगमाई गाविस वडा नम्बर ६ को बीचमा पर्ने ठोट्ने खोलामा चैतेदोभान झोलुंगे पुल रु ४३ लाख ८४ हजारको लागतमा बन्ने भएको छ ।

रोङ गाउँपालिकाको साविक इरौँटार गाविस ६ र जिर्मले गाविस ९ जोड्ने तेलपानी खोलामा पनि पुल बन्नुभएको छ । रु ७१ लाख तीन हजारको लागतमा बन्ने उक्त पुल झोलुंगे नभएर सस्पेन्सन बृज हुने जनाइएको छ ।
 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्स प्रा. लि.ले हालै वाफ़र रोल्स अन्तर्गत चोकोफन रोल्स बजारमा ल्याएको छ। ...

साताभरीमा ३३ बिन्दुको गिरावट

साताभरीमा ३३ बिन्दुको गिरावट

पुँजीबजार विकासका लागि आवश्यक पूर्वाधारले फड्को मारे पनि बजार भने निरन्तर घट्दै गएको छ । ...

सुन्धारा क्लिनिक सञ्चालनमा

सुन्धारा क्लिनिक सञ्चालनमा

काठमाडौंको सुन्धारास्थित सुन्धारा क्लिनिक प्रालिले शनिबारदेखि औपचारिक रुपमा स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । ...

खोकनामा नेपाल बंगलादेश बैंक

खोकनामा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले ललितपुरको खोकनामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । ...

बल्खुमा इसुजु सोरुम

बल्खुमा इसुजु सोरुम

राजधानीको बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको सोरुम खुलेको छ । ...

फर्नेक्स २०१९ मा घुइँचो

फर्नेक्स २०१९ मा घुइँचो

सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा अवलोकनकर्ताको भिड लागेको छ । ...

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्द एयरलाईन्सले थप एक ATR-72 जहाज भित्र्याएको छ। ...

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनी ट्रान्सफर तथा भुक्तानी सेवा प्रदायक कम्पनी मनिग्रामले २४ जनालाई पुरस्कार वितरण गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गरी...

Ncell Footer Ad