७ वैशाख २०८१ शुक्रबार
राजनीति

राष्ट्रियसभा निर्वाचनमा चार प्रकारका आठ मतपत्र

काठमाडौँ – निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन २०७४ को नमुना मतपत्र सार्वजनिक गरेको  छ।

आयोगले निर्वाचनका लागि चार प्रकारकाे आठवटा मतपत्र सार्वजनिक गरेको हो । प्रदेश सभा सदस्यकाे लागि, स्थानीय तहका प्रमुख उपप्रमुख वा अध्यक्ष उपाध्यक्षकाे लागि, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायको सदस्य निर्वाचित गर्न प्रदेश सभा सदस्यकाे लागि, अपाङ्गता भएको व्यक्ति वा अल्पसंख्यक समुदायका सदस्य निर्वाचित गर्न स्थानीय तहका प्रमुखउपप्रमुख वा अध्यक्षउपाध्यक्षकाे लागि, दलित सदस्य निर्वाचित गर्न प्रदेश सभा सदस्यलगायतका लागि मतदान गर्न चार प्रकारका आठवटा मतपत्र सार्वजनिक गरिएको हो।

प्रदेशसभा सांसदका लागि हरियाे रंगकाे मतपत्र छापिएकाे छ भने स्थानीय तहका प्रमुख / उपप्रमुख तथा अध्यक्ष / उपाध्यक्षका लागि राताे रंगकाे मतपत्र छापिएकाे छ।

यही माघ २४ हुने निर्वाचनबाट तीन महिला, एक दलित, एक अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र तीन जना अन्य गरी हरेक प्रदेशबाट ८–८ जना निर्वाचित हुनेछन् । त्यसैगरी सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित ३ गरी ५९ सदस्यीय राष्ट्रियसभा बन्नेछ।

निर्वाचन प्रदेश १ को विराटनर, २ को जनकपुर, ३ को हेटौँडा, ४ को पोखरा, ५को दाङ, ६ को सुर्खेत र ७ को धनगढीमा हुनेछ।

प्रकाशित: १५ माघ २०७४ ०४:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App