८ वैशाख २०८१ शनिबार
खेल

श्रीगाउँको दोहोरो जित

काठमाडौं – श्रीगाउँ खेलकुद विकास समितिले रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल प्रतियोगितामा आइतबार दोहोरो जित निकाल्ने क्रममा स्प्रिन्डेल एकेडेमीलाई २५–७, २५–८, २५–१४ तथा पूर्वाञ्चल भलिबल संघलाई २५–१७, २५–२१, २८–२६ को सोझो सेटमा हराएको छ ।

आइतबारै भएका अन्य खेलमा टप्स उमाबी, नेपाल आर्मी, मेघौली र प्यारामाउन्ट विजयी भएका छन् । टप्सले पूर्वाञ्चललाई २५–१३, २५–६, २५–१३ को सोझो सेटमा हराउँदा आर्मीले मेघौलीलाई २५–१३,२५–१२, २५–५ को नतिजामा हरायो । अर्को खेलमा मेघौलीले न्यु डायमण्ड स्पोट्र्स क्लबलाई २५–१४, २५–७, २५–११ ले हराउँदा प्यारामाउण्टले न्यु डायमण्डलाई १८–२५, २५–२१, २५–१९, २५–२० ले निराश बनायो ।
 

प्रकाशित: १५ माघ २०७४ ०२:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App