coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

केएलमा सुरु भयो ‘दामी सेल मेला’

काठमाडौं – चाबहिलस्थित केएल टावरमा ‘दामी सेल’ नाम दिइएको प्रवद्र्धन योजना सुरु भएको छ । मेलामा ४५ वटा पसल सहभागी छन् । तीन हजारभन्दा बढी सामान डिस्प्लेमा राखिएको केएल टावरले जनाएको छ । यस अन्तर्गत सामानमा ५० प्रतिशतसम्म छुट छ ।

शनिबार सुरु भएको मेला एक महिनासम्म चल्नेछ । पाँच हजार रुपैयाँको सामान खरिदमा दुइटा फिल्म टिकट निःशुल्क उपलब्ध हुने मेला आयोजकले जनाएको छ । साथै पाँच सय वा सोभन्दा बढीको खरिदमा पाँच हजार रुपैयाँ बराबरको उपहार दुईजनालाई, बम्पर उपहार लक्की ड्रमार्फत् एकजनालाई दिइने पनि जनाइएको छ ।
यस योजनामा मेला अवधिभर केएल टावरमा विभिन्न कार्यक्रम पनि गरिनेछ । फेस पेन्टिङ, फेसन सो, म्युजिकल इभेन्ट, बिबोइङ, हिपहपलगायत कार्यक्रमका साथै भ्यालेन्टाइन दिवसमा स्पेसल कार्यक्रम समेत गरिने जनाइएको छ ।

हाल केएल टावरमा ५० भन्दा बढी पसल छन् । मोबाइल हब, डिपार्टमेन्ट स्टोर, सर्टिङ–सुटिङ, रेडिमेट गार्मेन्ट, लत्ताकपडा, जुत्ता, सिनेमा हल, फुटकोर्ट, खेल स्थान, बैंक, ट्राभल एजेन्सीलगायत सबैखाले सेवा–सुविधा एकै छानामुनि उपलब्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।
 

प्रकाशित: १५ माघ २०७४ ०२:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App