coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सुनसान संघीय संसद्

काठमाडौं – प्रतिनिधिसभाको निर्वाचन भएको दुई महिना पुगेपनि संघीय संसद् सचिवालयमा चहलपहल छैन । संघीय संसद्भन्दा पहिला प्रदेश संसद्को बैठक बस्ने भएका कारण सबैको ध्यान प्रदेशतर्फ गएको छ । यसका कारण संघीय संसद्मा सुनसान भएको छ । संसद सचिवालयका एक अधिकारीले भने । प्रदेशसभाको बैठक इतिहासमा पहिलोपटक बस्न लागेकाले त्यो सबैको आँखामा रूचिको विषय बनेको छ । काठमाडौंमा रहेका कतिपय प्रतिनिधिसभामा निर्वाचित सांसदहरू पनि प्रदेशसभाको पहिलो बैठकको अनुभव लिन आआफ्नो प्रदेशतर्फ लाग्ने तयारी गरेका छन् । निर्वाचन आयोगले प्रदेशसभाको निर्वाचनको अन्तिम परिणाम घोषणासँगै प्रदेशसभातर्फ सबैको ध्यान केन्द्रीत हुन थालेको छ।

निर्वाचन आयोगले राष्ट्रियसभाको निर्वाचनको परिणामपछि मात्रै प्रतिनिधिसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा गर्ने जनाएपछि पनि संघीय संसद् सुनसान हुन पुगेको छ । सोही कारण प्रतिनिधिसभामा निर्वाचित सदस्यहरू काठमाडौ आएपछि पुनः जिल्लामै फर्किसकेका छन्।

संसद सचिवालयका कर्मचारीले संसदका गतिविधिहरू नभएपछि के गर्ने अन्योलमा छन् । केही कर्मचारीलाई भने संघीय संसदको प्रारम्भिक नियमावली, प्रादेशिक संसदको प्रारम्भिक नियमावली, प्रादेशिक संसदको कार्यविधि र प्रदेश सभा सञ्चालन दिग्दर्शन तयारीको जिम्मा दिइएको छ।

प्रदेशका प्रारम्भिक नियमावली, अन्तरिम कार्यविधि, तथा प्रदेशसभा सञ्चालन दिग्दर्शन लिएर संसद् सचिवालयका कर्मचारी प्रदेशतर्फ लाग्ने तयारीमा छन् । प्रदेशसभाको बैठकमा सहसचिव, उपसचिव, शाखा अधिकृत र प्राविधिक गरी चारजनाका दरले सातै प्रदेशमा २८ कर्मचारी खटाउन लागिएको छ ।   प्रदेश नं. ३, २ र ५ मा सोमबार खटिने भएका छन् । बाँकी प्रदेशमा पनि एक दुई दिनभित्रै कर्मचारी खटिदैछन् । निर्वाचन आयोगले गत ३ माघमा निर्वाचनको अन्तिम परिणाम घोषणा गरेपछि सरकारले सबै प्रदेश प्रमुखको नियुक्ति गरेको थियो । त्यसपछि प्रदेश संसद्का सदस्यले सपथ ग्रहण गरेका थिए । यसपछि प्रदेश प्रमुखहरूले प्रदेशसभाको बैठक धमाधम आव्हान गर्न सुरु गरेका हुन् ।

प्रकाशित: १५ माघ २०७४ ०२:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App