coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

चौधरी ग्रुपले सुनसरीमा औद्योगिक पार्क निर्माण गर्ने

इटहरी – उद्योगपति विनोद चौधरी अध्यक्ष रहेको चौधरी ग्रुपले प्रदेश नम्बर १ स्तरीय औद्योगिक पार्क निर्माण गर्ने भएको छ। औद्योगिक पार्क निर्माण गर्नका लागि आइतबार सुनसरी गढी गाउँपालिकाको वडा नं. २ मा चौधरी ग्रुपको ब्रान्ड वाइ वाई चाउचाउको प्लान्ट स्थापना गर्न शिलान्यास गरियो।

प्रारम्भिक चरणमा एक अर्बको लगानी रहने औद्योगिक पार्कको उपप्रधान तथा स्थानीय विकास मन्त्री बिजयकुमार गच्छदार, उद्योगपति चौधरी र एमालेका नेता भीम आचार्यले संयुक्त रुपमा शिलान्यास गरे।

आउँदो अक्टोवरसम्ममा वाइ वाई चाउचाउँ उत्पादन गर्ने लक्ष्य राखेर प्लान्ट निर्माण गरिनेछ। अहिले चाउचाउको प्लान्ट निर्माण गर्न २२ बिघा जग्गा खरीद गरिएको छ। अरु उद्योग विस्तार गर्न आसपासको जग्गा खरीद गरिने जानकारी दिइयो।

सुरुवातमा चाउचाउ उत्पादन गरेपछि बियर, इस्काइस, इलोक्टोनिक सामानलगायत १२ वटा उद्योग स्थापना गर्ने लक्ष्य राखेर काम थालिएको चौधरीले जानकारी दिए। चौधरीका अनुसार, देशका सातवटा प्रदेशमध्ये १ नं. प्रदेशलाई उच्च तहमा पु-याउने सोच राखेर औद्योगिक ग्राम बनाउन लागिएको हो।

औद्योगिक ग्राम शिलान्यासका क्रममा मन्त्री गच्छदारले अब राजनीतिक अधिकारको लडाईं टुंगिएकाले गर्दा राजनीतिक दलका शीर्ष नेताले आर्थिक क्रान्तिमा अग्रसर हुनुपर्ने बताए। ‘उद्योग स्थापनाले समग्र मुलुकको आर्थिक उन्नतिमा टेवा पु-याउनेछ र बेरोजगारी समस्याको अन्त्य हुन सघाउँ पुग्नेछ,’ उनले भने।

उद्योग शिलान्यास कार्यक्रममा अर्थमन्थी ज्ञानेन्द्रबहादुर कार्कीले प्रदेश नं. १ भूगोल, संस्कृति र स्रोत–साधनको हिसाबले अघि रहेको अवस्थामा औद्योगिक ग्राम बनाउँदा देशलाईं नै समृद्दिको बाटोमा अघि बढाउन सहयोग पुग्ने बताए।

सोही अवसरमा एमालेका सचिब भीम आचार्यले अब दलहरुबीचको प्रतिस्पर्धा विकास र समृद्दिमा हुनुपर्ने बताए।

चौधरी ग्रुपले सुनसरीमा चार दशकदेखि उद्योग स्थापना गरेपछि नवलपरासीमा २७ बर्षअघि सुरु गरेको उद्योग ग्राम राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा सवैभन्दा बढी प्रख्याति कमाएको छ। नवलपरासीजस्तै, प्रदेश नं. १ मा स्थापना गर्ने उद्योगले प्रख्याति कमाउने चौधरीले बताए।  

‘प्रदेश नं. १ मा औद्योगिक, व्यवसायिक र बैकिङ् गतिविधीबाहेक महत्वपूर्ण उपस्थिती देखाउन औद्योगिक ग्राम बनाउन लागिएको हो,’ उनले भने, ‘प्रदेश नं. २ र ३ मा चौधरी ग्रुपले वित्तिय संस्था, शिक्षा, आवासलगायतका परियोजना सञ्चालन गदैं आएको छ।’ उनका अनुसार, प्रदेश नं. ४ मा १२ भन्दा बढी उद्योग रहेका छन् । यी उद्योगमा दुई हजारभन्दा बढी कामदार कार्यरत छन्।

चौधरी ग्रुपले कास्की र पर्वतमा हाइड्रोपावर परियोजनाको निर्माण अघि बढाएको  छ। तीन बर्षअघि देखि नै प्रदेश नं. ५ को बर्दियाको अर्को औद्योगिक पार्कको थाल्नी गरिएको छ। प्रदेश नं.  ६ र ७ मा चौधरी ग्रुपले शैक्षिक र वित्तिय संस्था प्रारम्भ गरेको छ। यी दुई प्रदेशमा भने शैक्षिक र वित्तिय संस्था सन्तोषजनक ढंगले फस्टाउन नसकेको चौधरीले बताए। चौधरीले यी दुईं प्रदेश क्षेत्रमा पटक–पटक राजनीतिक क्रान्ति र परिवर्तनले जनतालाई छुन नसकेको प्रस्टाए। ‘प्रदेश नं. ६ र ७ को हकमा राजनीतिक परिवर्तन भएपनि आर्थिक परिवर्तन हुन सकेको छैन,’ उनले भने।

प्रकाशित: १४ माघ २०७४ १५:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App