काठमाडौं – आदित्य बिर्ला फ्याशन एण्ड रिटेल लिमिटेडले आफ्नो पहिलो एक्सक्लुसिभ ब्राण्ड आउटलेट लबिम मल ललितपुर, नेपालमा लन्च गर्दै आफ्नो प्रिमियम मेन्सवेयर ब्राण्ड लुई फिलिपको आगमन नेपालमा भएको घोषणा गरेको छ।
युएई, कतार, ओमान, साउदी अरेबिया बहराइन, कुवेत र श्रीलंका जस्ता अन्तर्र्राष्ट्रिय बजारमा आप्mनो उपस्थितिलाई स्थापित गरेपश्चात् ब्राण्ड नेपालमा लन्च भएको हो। भारतीय राजदूत मन्जिभसिंह पुरी र आदित्य बिर्लाका अन्तर्राष्ट्रिय बजार निर्देशक विक्रम शिवदासले बिर्ला फेशन एण्ड रिटेल लिमिटेडको स्टोरको उद्घाटन गरेका छन्।
उद्घाटनका क्रममा अन्तर्र्राष्ट्रिय बजार निर्देशक शिवदासले भने, “लुई फिलिपको एक्सक्लुसिभ ब्राण्ड आउटलेटको लन्चका साथ, हामीले नेपालमा बढ्दै गइरहेको उत्कृष्ट गुणस्तरको मेन्सवेयरको आवश्यकतालाई पूरा गर्नेछौं। हाम्रो बजार अध्ययनले देखाएको छ कि नेपाल अपेरेलको बजारको लागि एउटा विकसित बजार हो किनकि यहाँ फ्याशेनेबल, एलिगेन्ट र उत्कृष्ट दर्जाको कालिगरी भएको उत्कृष्ट गुणस्तरको प्रिमियम अपेरेलप्रति शहरी पुरुषहरुको रुचि बढ्दै गइरहेको छ। लुई फिलिपको लन्चका साथ सुहाउँदो अपेरेलहरु ल्याएर हामी बढ्दै गइरहेको मागलाई पूरा गर्नसक्ने छौं र हाम्रो ब्राण्ड प्रति ग्राहकहरुको राम्रो प्रतिक्रया हुने र रुचाउने कुरामा हामीलाई पूर्ण विश्वास छ।”
लुई फिलिप प्रिमियम मेन्सवेयरको सेग्मेन्टमा भारतमा अग्रणी स्थानमा पर्छ। यस ब्राण्डले फाइन क्लोदिङ्गमा फरमल्स, सेमी फरमल्स, र एसेसरिज्मा एलिगेन्सको मूर्तरुप प्रदान गर्दछ।
आरपी समूह प्रा.लि.का निर्देशक पाण्डेले भने, “हामी लुई फिलिपसँग आवद्ध भएर नेपालका मानिसहरुका लागि प्रिमियम ब्राण्ड ल्याउन पाएकोमा ज्यादै खुशी र हर्षित छौं। लुई फिलिपले आफ्नो उत्कृष्ट गुणस्तर र अपेरेल्सको वृहत् रेन्जका साथ बजारको परिवर्तित आवश्यकतालाई पूर्ति गर्ने कुरामा हामी विश्वस्त छौं।”
१२०० वर्ग फिटमा फैलिएको लुई फिलिप स्टोर ललितपुरको लबिम मलमा अवस्थित छ। स्टाइलमा चासो भएका पुरुष वर्गमा लक्षित गरिएको यो ब्राण्डको क्लोदिङ्ग रेन्जमा सुट्स, सर्टस, ट्राउजर्स, ब्लेजर्स, वेष्ट कोट, टि–सर्ट्स डेनिमको वृहत् कलेक्शन उपलब्ध छ।
प्रकाशित: १४ माघ २०७४ १४:१९ आइतबार