काठमाडौं – नेपाली कांग्रेस नेता पूर्णबहादुर खड्कालाई मातृ शोक परेको छ। उनको ममतामयी माता मायादेवी खड्काको ९४ वर्षको उमेरमा गए राति निधन भएको हो।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका –७ स्थित आफ्नै निवासमा निधन भएको कांग्रेसले जनाएको छ। स्वर्गीय खड्काले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको जनाउँदै कांग्रेस सभापति शेरबहादुर देउवाले उनको निधनप्रति दुख व्यक्ति गरेका छन्।
प्रकाशित: १४ माघ २०७४ १३:३१ आइतबार