coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

धनकुटाबासीको आमहड्ताल फिर्ता

धनकुटा- प्रदेश नं. १ को राजधानी माग गर्दै आन्दोलन गरिरहेका धनकुटाबासीले माघ १५ गते देखि अनिश्चितकालको लागि घोषणा गरेको आमहड्ताल फिर्ता गरेको छ।

प्रदेशको राजधानी बनाउने  विषयमा सरकार र राजनीतिक दलका नेता सकारात्मक देखिएकाले अर्को सूचना जारी नभए सम्मको लागि आन्दोलनका सवै कार्यक्रम फिर्ता गर्ने निर्णय भएको आन्दोलन परिचालन समितिका संयोजक सुन्दरबाबु श्रेष्ठले बताए।

आईतबार वसेको आन्दोलन परिचालन समितिको वैठकले सरकारले वार्ताको वातावरण बनाएको र उच्चस्तरीय सरकारी टोलीले वार्ता गर्ने प्रस्ताव आएकाले वार्ता अवधीको लागि आन्दोलन फिर्ता लिएको संयोजक श्रेष्ठले बताए।

 बैठकले हरेक दिन १२ देखि १ बजेसम्म १ घण्टा चक्काजाम गर्ने, बजारका सवै घरमा कोलो झण्डा राख्ने लगायतका आन्दोलनका कार्यक्रम भने निरन्तरता दिने निर्णय गरेको छ । धनकुटाबासीले ४५ दिनदेखि निरन्तर राजधानीको लागि आन्दोलन गरिरहेका छन्। पटकपटक गरेर ११ दिन आम हड्ताल गरेका धनकुटाबासीले माघ ४ गते  क्षेत्रीय प्रशासन कार्यालयमा आगजानी, सरकारी कार्यालय र सवारी सधान तोडफोड समेत गरेका थिए।  यसै कारण स्थानीय प्रशासनले एक दिन कफ्र्यु र  ४ दिन निषेद्यज्ञा समेत लगाएको थियो।

प्रकाशित: १४ माघ २०७४ १३:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App