८ वैशाख २०८१ शनिबार
समाज

विभिन्न अपराधमा संलग्न चार पक्राउ

बारा- प्रहरीले विभिन्न अपराधमा संलग्न चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालयमा आज पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुलाई प्रहरीले सार्वजनिक गरेको हो।

प्रहरीले हातहतियार, मोटरसाइकल चोरी र मोबाइल चोरी सहित अन्य घटनामा संलग्नहरुलाई सार्वजनिक गरेको हो।

प्रहरीले एक थान कटुवा पेस्तोल र दुई थान गोली, तीन थान मोटरसाईकल र १६ थान मोवाईल सहित चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले बताए।

बारागढी गाउपालिका १ का धर्मेन्द्र प्रसाद यादवलाई कटुवा पेस्तोल र दुई राउण्ड गोली तथा विभिन्न कम्पनीको १४ थान मोवाईल सहित सार्वजनिक गरिएको हो।

त्यसै गरि बाराको आदर्शकोतवाल गाउँपालिका ६ का आनन्द प्रसाद कुशवाहा र अरविन्द महत्तो कुशवाहालाई चोरीको तीन थान मोटरसाईकल सहित पक्राउ गरिएको प्रनाउ साहले बताए।

यस्तै रौतहटको बौधिमाई नगरपालिका ५ का अरविन्द राय यादवलाई २ थान मोवाईल सहित सिम्रौनगढ नगरपालिकाबाट पक्राउ गरी सार्वजनिक गरिएको प्रहरीले जनाएको छ।

 

प्रकाशित: १४ माघ २०७४ १३:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App