७ वैशाख २०८१ शुक्रबार
अर्थ

‘हस्पिटालिटी नेपाल कन्टेस्ट’ बुटवल अडिसनमा ६ जना छानिए

पोखरा- हस्पिटालिटी नेपाल कन्टेस्टको बुटवल अडिसनबाट ६ जना छानिएका छन्। शनिबार भएको अडिसनमार्फत प्रतियोगिताका लागि बुटवल र आसपासका क्षेत्रबाट ६ जना छनौट भएको आयोजक एपी इन्टरटेनमेन्मटले जनाएको छ।

बुटवल अडिसनमा प्रतियोगिताका लागि २६ जना सहभागि थिए। त्यो भन्दा अघिल्लो शनिबार पोखरामा भएको अडिसनमार्फत कम्पनीले प्रतियोगिताका लागि २० जनालाई छनौट गरेको थियो। कम्पनीले बुटवलपछि काठमाण्डौमा अडिसन आह्वान गरेको छ।

नेपालको पर्यटन क्षेत्रसँग सम्बन्धित ‘हस्पिटालिटी सेक्टर’का व्यक्तिहरुले यो ‘कन्टेस्ट’मा सहभागिता जनाउन पाउने आयोजकले बताएको छ। ‘अतिथी सत्कारको लागि पर्यटकीय होटल, रेस्टुरेन्ट तथा अन्य क्षेत्रहरु बढि सम्बन्धित छन् । र, यो कन्टेस्टमा सोहि क्षेत्रसँग आबद्ध रहेका सबै उमेर समूहका महिला तथा पुरुषले सहभागिता जनाउन सक्नेछन् ।’ आयोजक एपी इन्टरटेनमेन्ट प्रालिका प्रबन्ध निर्देशक अर्जुन पाण्डेले भने–‘हस्पिटालिटी क्षेत्रमा आबद्ध हुनेहरुको लागि यो एउटा विशेष मञ्चको रुपमा हामीले अगाडि सारेका छौँ।’

प्रकाशित: १४ माघ २०७४ ०९:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App