७ वैशाख २०८१ शुक्रबार
खेल

लिभरपुल एफए कप फुटबलबाट बाहिरियो

इङल्याण्ड – लिभरपुल एफए कप फुटबलको चौथो चरणबाटै बाहिरिएको छ । लिभरपुलको मैदान शनिबार राति सम्पन्न खेलमा वेष्ट ब्रोमसँग ३–२ ले पराजित हुदै लिभरपुल बाहिरिएको हो । वेष्ट ब्रोम भने विजयी हुदै पाँचौ चरणमा प्रवेश गरेको छ।
लिभरपुललाई पराजित गर्न वेष्ट ब्रोमका जे रोड्रिग्वेजले २ गोल गरे भने लिभरपुलका जोइल माटिपले एक आत्माघाति गोल गरेका थिए । यता पराजित टोलीका लागि लागि भने रोबर्टो फिर्मिनोे र मोहमेद सलाहले एक–एक गोल गरे पनि जित दिलाउन सकेनन्।
लिभरपुलका लागि आत्माघाति गोलनै हारको कारण बन्यो।
यता लेष्टर सिटीले पिटरब्रग युनाईटेडलाई ५–१ कोे फराकिलो गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ।

 

प्रकाशित: १४ माघ २०७४ ०६:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App