५ वैशाख २०८१ बुधबार
खेल

रियल म्याड्रिड ४–१ ले विजयी

स्पेन – स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिड विजयी भएको छ । लिग अन्तर्गत शनिबार राति सम्पन्न खेलमा रियलले भ्यालेन्सियालाई ४–१ ले पराजित गरेको हो।

रियलको जितमा खेलको १६ र ३८ औं मिनेटमा  स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले २ तथा ८४ औं मिनेटमा मार्सेले र ८९ औं मिनेटमा टोनी क्रुजले गोल गरेका थिए। पराजित टोली भ्यालेन्सियाका लागि ५८ औं मिनेटमा मिना लोरेन्जोले एक गोल गरेका थिए।
पछिल्लो समय खराब लयबाट गुज्रिरहेको रियलले गएराति भने जित हासिल गरेको हो।

जितसँगै चौथो स्थानमा रहेका रियलको २० खेलबाट रियलले ३८ अंक भएको छ । रियल शिर्ष स्थानको बार्सिलोना भन्दा १६ अंकले पछि छ । तेस्रो स्थानमा रहेको भ्यालेन्सियाको भने २१ खेलबाट ४० अंक छ।

लिग अन्तर्गत रातिनै भएका अन्य खेलमा भिल्लारियलले रियल सोसिडाडलाई ४–२ ले पराजित गर्दा डिर्पोटिभो ला कोरुना र लेभान्टले २–२ तथा मालागा र जिरोनाले गोल रहित बराबरी खेलेका छन्।
 

प्रकाशित: १४ माघ २०७४ ०६:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App