८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

साउदीका अर्बपति राजकुमार धरौटीमा छुटे

रियाद – भ्रष्टाचारको आरोपमा गत नोभेम्बर महिनामा पक्राउ परेका साउदी अरबियाका राजकुमार थुनामुक्त भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ।

गत वर्षको नोभेम्बर महिनामा साउदी अरेबियाका युवराज मोहमद बिन सलमानले सुरु गरेको भ्रष्टाचारीहरुको कारबाहीको क्रममा पक्राउ गरिएका अर्बपति राजकुमार अलवालीद बिन तलाल थुनामुक्त भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ।

अर्बपति राजकुमार तलालका साथै अरु पनि त्यस समयमा पक्राउ परेका केही शक्तिशाली व्यक्तिहरू थुनामुक्त भइरहेका खबरहरु प्राप्त भएको रियादबाट प्राप्त समाचारमा जनाइएको छ।

गएका केही हप्तायतादेखि उनीहरुमाथिका अभियोगको छानबीन गरी कतिपयलाई थुनामुक्त गरिएको बताइएको छ। भ्रष्टाचारको अभियोगपछि थुनामुक्त हुने पछिल्लो शक्तिशाली व्यक्तिमा राजकुमार तलाल रहेका हुन्।

उनलाई राजधानी रियादको एक सुविधासम्पन्न होटलमा थुनामा राखिएको थियो। पछि उनीमाथिको अभियोग प्रमाणित नभएको भनेर मुक्त गरिएको बताइएको छ।

उनले आफूविरुद्ध कुनै अभियोग नलगाइएको बताउँदै आएका थिए। थुनामुक्त भएपछि पनि उनले भ्रष्टाचारविरोधी कारबाही सुरु गरेका युवराज मोहमद बिन सलमानको कदमको आफूले समर्थन गर्ने बताएका छन्।

राजकुमार तलाल साउदी अरेबियाका सबैभन्दा धनाढ्य बर्गका व्यक्तिहरुमा पर्दछन्। युवराज मोहमदले आफू सत्तामा आएपछि शक्ति सुदृढ गर्नका लागि आफ्ना विरोधीहरुलाई तह लगाउन सो भ्रष्टाचार विरोधी कारबाही अभियान चलाएका आरोप लगाइएको थियो।

राजकुमार तलालजस्तै अरु पनि केही संभ्रान्तहरु जेलबाट छुटेको बताइएको छ। कतिपय व्यक्तिहरुको आरोप प्रमाणित नभएको त कतिपय धरौटीमा छुटेको पनि बताएका छन्।

प्रकाशित: १४ माघ २०७४ ०६:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App