७ वैशाख २०८१ शुक्रबार
कला

साहित्य र कला एकै थलोमा

काठमाडौं– नेपाल प्रज्ञा–प्रतिष्ठानले प्रतिष्ठानबाट प्रकाशित पुस्तक तथा पत्रपत्रिका तथा कला प्रदर्शनीको एकै थलोमा प्रदर्शनी गरिरहेकोे छ । २ सय ९६ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा गरिएको प्रदर्शनीको प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायले संयुक्त रूपमा शुभारम्भ गरेका थिए।

कुलपति उप्रेतीले पठनीय संस्कृतिको एवं कलाको प्रवद्र्घनका विकासका लागि पुस्तकमा धेरै लगानी गर्नुपर्ने बेला आएको बताए। ललितकला प्रज्ञा प्रतिष्ठानकी कुलपति उपाध्यायले कला र साहित्य एउटै रूखको हाँगा भएकाले सँगै जानुपर्ने तर्क राखिन्।

प्रज्ञाको प्रतिमा कक्षमा जारी प्रदर्शनीमा प्रज्ञाले २०३० सालदेखि २०७४ माघको पहिलो सातासम्मका प्रकाशन भएका पुस्तकहरू बिक्रीमा छन्।

त्यस्तै प्रदर्शनीमा एक्रेलिक रंगमा बनेका २८ वटा कलाकृति राखिएका छन् । प्रतिष्ठानका सदस्य सचिव डा. जीवेन्द्र गिरीले प्रदर्शनीमा भाषा, साहित्य, बाल साहित्य, जर्नल, समालोचना, शब्दकोश, ग्रन्थकोश, संस्कृति, विज्ञान र कविता, प्रज्ञा समकालीन साहित्य लगायतका लगायत झन्डै ४ सय ३० वटा पुस्तकहरू राखिएको बताए।

उनका अनुसार रनमाया, उर्वशी, प्रज्ञा मैथिली नेपाली शब्दकोष, प्रज्ञा भोजपुरी नेपाली शब्दकोष लगायत २५ थरीभन्दा बढी पुस्तक पनि प्रदर्शनीमा छन् । प्रदर्शनीमा नेपाली बृहत् र प्रज्ञा नेपाली अंग्रेजी शब्दकोशमा १५ प्रतिशत, २०६७ सालसम्मका पुस्तकमा ६० प्रतिशत र २०६७ सालदेखि हालसम्मका पुस्तकमा ४० प्रतिशत छुटको व्यवस्था गरिएको छ।

प्रतिष्ठानका आर्थिक प्रशासन महाशाखा प्रमुख सुमन अधिकारीका अनुसार काव्यार्चना, महेन्द्र प्रवचन मालालगायत ३ रुपैयाँदेखि १४ सय रुपैयाँको प्रज्ञा नेपाली अंग्रेजी शब्दकोश प्रदर्शनीमा राखिएको छ । प्रदर्शनी माघ २५ गतेसम्म चल्नेछ।

प्रकाशित: १४ माघ २०७४ ०५:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App