coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

जितसँगै राष्ट्रिय टोलीको सुरुआत

हङकङ नेप्लिज टोलीका कप्तान सञ्जय अर्याल (रातो)को स्पाइक रोक्ने प्रयासमा नेपाली खेलाडी ।

हङकङ – मैत्रीपूर्ण खेलको शृंखलाका लागि हङकङ र मकाउको भ्रमणमा रहेको नेपाली राष्ट्रिय भलिबल टोलीले शनिबार जितका साथ भ्रमण सुरु गरेको छ । नेपालले शनिबार हङकङ नेपलिज टिमलाई ३–१ को सेटमा हराएको थियो।

हङकङको चुनमुन ब्लाटफ्लाई बिचको कोर्टमा भएको खेलमा नेपाली टोलीले यहाँ बसोबास गर्ने नेपालीहरुको टोली हङकङ नेप्लिज टिमलाई २५–२३, २५–२०, २०–२५, २५–१७ को नतिजामा पराजित गरेको थियो ।
नेपालका प्रशिक्षक जगदिश भट्टले पहिलो रोजाइका खेलाडीलाई आराम दिँदा खेल अनपेक्षित रुपमा प्रतिस्पर्धात्मक बनेको थियो।

‘भोली हङकङविरुद्ध खेल्नु पर्ने भएकाले ४० प्रतिशत मात्र इफोर्ट लगाएर खेलेका थियौं । उनिहरूले पनि राम्रो खेले । कमजोरी सुधार गरी भोली हङकङविरुद्ध राम्रो गर्नेछौं,’ मुख्य खेलाडीलाई आराम दिनुको कारण उल्लेख गर्दै नेपाली टोलीका प्रशिक्षक भट्टले भने।

रिसिभ र ब्लक अली कमजोर भयो । हार्ड कोर्टमा खेल्दा घूँडामा चोट लाग्ने डरले पूरा इफोर्ट लगाएरका थिएनौं । रिसिभ र ब्लकमा सुधार गरे हामी हङकङलाई जित्न सक्छौं । एक सेट गुमायौं । तर त्यसमा आत्तिनु पर्ने कुनै कारण छैन,’ नेपाली टोलीका कप्तान इमबहादुर मगरले भने।

हाल हङकङमा बसोबास गर्दै आएका नेपाली राष्ट्रिय टोलीका पूर्व स्टार स्पाइकर सजय अर्यालले उच्च मनोबलका साथ खेले नेपालले आइतबार हङकङमाथि जित हासिल गर्ने सम्भावना बलियो रहेको बताए । ‘हामीले यो खेलका लागि खास तयारी गरेका थिएनौं । थोरै तयारीका बाबजुद पनि आज हामीले राम्रो खेल्यांै । राष्ट्रिय टोली बढी आत्मविश्वासी भएर खेलेकाले हाम्रोव केही विग्रेको जस्तो देखियो,’ हङकङ नेपालीज टिमका कप्तान सञ्जयले भने, ‘हङकङ राम्रो टोली हो । तैपनि उच्च मनोबल लिएर खेले नेपालले जित्न सक्छ ।’

सञ्जयको कप्तानीमा रहेको हङकङ नेप्लिज टिममा उत्तम थापा, सुनिल श्रेष्ठ, राजु रोका, जसबहादुर गुरुङ, नैना गुरुङ, गंगा गुरुङ, युवराज गुरुङ, मिलन शाही, धनु श्रेष्ठ, कुशल कार्की र रविन खड्का थिए ।

आदान–प्रदानको सहमति
हङकङ– नेपाल भलिबल संघ र हङकङ भलिबल संघबीच शुक्रबार भएको औपचारिक भेटमा दुई देशका प्रशिक्षकबीच अनुभव आदान–प्रदान कार्यक्रम गर्ने मौखिक सहमति भएको छ।

नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जरमण शर्माको नेतृत्वमा रहेको नेपाली टोली र हङकङ भलिबल संघका विकास निर्देशकीबच शुक्रबार भएको औपचारिक भेटमा यस्तो सहमति भएको हो । नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले छिट्टै सम्झैतापत्रमा नै हस्ताक्षर हुने बताए।

नेपाली टोलीका प्रशिक्षक जगादिश भट्टले विश्व भलिबल अहिले प्राबिधिक रुपमा धेरै अघि बढिसकेको बताउँदै त्यसमा अगाडि रहेको हङकङसँग भएको सहमतिले नेपाली भलिबललाई बलियो बनाउने विश्वास व्यक्त गरे । उनले थपे, ‘भलिबल विकासका लागि यो अति महत्वपूर्ण सहमति हो ।’

हङङ निवासी नेपाल भलिबलका इस्ट एसिया सदभावना दुत निरन्जन गुरुङ र सल्लाहकार जयनारायण चौधरीको समन्वयमा यहाँको राष्ट्रिय टोलीसँग मैत्रिपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टोली बिहीबार हङकङ आइपुगेको थियो । शुक्रबार पर्वत क्लब, हङकङले राष्ट्रिय भलिबल टोलीलाई सम्मान गरेको थियो । हङकङ एनआरएनले पनि नेपाली टोलीलाई स्वागत गर्दै जितको शुभकामना दिएको थियो।

हङकङ एनआरएनका अध्यक्ष टिका गुरुङले फेब्रुअरी १९मा हङकङ महिला फुटबल टोली र सशस्त्र प्रहरी बल एपिएफबीच मैत्रीपूर्ण खेल हुने जानकारी दिए । नेपालले आइतबार र सोमबार हङकङविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ । लगत्तै मकाउसँग बूधबार मैत्रिपूर्ण खेल खेल्नेछ।

 

 

प्रकाशित: १४ माघ २०७४ ०५:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App